विष्णु रिजालको प्रश्न : एमाले नजोगिने कारण के छ ?


July 21, 2021 11:16 am

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिजालले एमालेको एकता जोखिने बताएका छन् । पार्टी जोगाउन सकिने भन्दै रिजालले सामाजिक सञ्जालमार्फत पार्टी जोगाउनका लागि सबै तयार हुनुपर्ने बताए । 

विघटन भइसकेको प्रतिनिधिसभा जोगिने, फुट्न लागेको राजपा जोगिने तर एमाले किन नजोगिने भन्दै रिजालले प्रश्न गरेका छन् । उनले जोड जाड गरेर बनेको सरकार त जोगिन सक्छ भने एमाले किन नजोगिने भन्दै प्रश्न गरेका छन् । 

रिजालले एमालेमा सिद्धान्त र विचारमा कुनै मतभेद नभएको भन्दै एमाले जोगाउन सकिने बताएका छन् । रिजालको प्रश्न छ, ‘सिद्धान्त र विचारमा मतभेद नभएको, देशभक्त, लोकतान्त्रिक र प्रगतिशील पार्टी नेकपा (एमाले) नजोगिने कारण के छ ?’

फरकधार: विष्णु रिजालको प्रश्न : एमाले नजोगिने कारण के छ ?