एमाले नजोगिने कारण के छ ? : रिजाल


July 21, 2021 9:45 am

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टीको विवाद मिल्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले एमाले नजोगिने कारण के छ ? भन्दै उल्टै प्रश्न गरेका छन् । नेता रिजालले विघटित प्रतिनिधिसभा जोगिएको, फुट्न लागेको जसपा जोगिएको र सरकार पनि जोगिएको उल्लेख गर्दै एमाले नजोगिने कारण के छ ? भनेर सोधेका छन् । उनले एमाले जोगिने, जोगाउन सकिने र जोगाउनुपर्ने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–”विघटित प्रतिनिधिसभा जोगियो । फुट्न लागेको राजपा जोगियो । जोडजाड गरेर बनाइएको सरकार जोगियो । तर, सिद्धान्त र विचारमा मतभेद नभएको, देशभक्त, लोकतान्त्रिक र प्रगतिशील पार्टी नेकपा (एमाले) नजोगिने कारण के छ ? जोगिन्छ, जोगाउन सकिन्छ, जोगाउनुपर्छ ।”

रेपोर्तेर्स नेपाल: एमाले नजोगिने कारण के छ ? : रिजाल