देउवामाथि विष्णु रिजालको व्यङ्ग्य : चिठ्ठा परेका प्रधानमन्त्रीलाई कुनै हतार छैन


August 8, 2021 12:51 pm

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री शेर बहादुर देउवालाई कुनै हतार नभएको बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

सरकारलाई पूर्णतासम्म दिन नसकेकोमा रिजालले देउवामाथि व्यङ्ग्य गर्दै उनलाई कुनै हतार नभएको बताएका हुन् । रिजाल लेख्छन्, ‘शेर बहादुर देउवालाई कुनै हतार छैन । किनकि, उहाँ चुनाव जितेर प्रम भएको होइन, कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको हो ।’

रिजालले सरकार गठन भएको २७ दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै देउवामाथि व्यङ्ग्य गरेका हुन् । महामारीको बेलासमेत सरकारले कुनै काम गर्न नसकेको रिजालको आरोप छ । 

रिजालले लेखेका छन्, ‘२७ दिनसम्म मन्त्रिपरिषद् बनेन ।  महामारीको यस्तो अवस्थामा एक महिनासम्म एक डोज खोप, एउटा भेन्टिलेटर र आइसियू थपिएन, सरकारले आफ्नो कुनै नीति सार्वजनिक गरेन ।

फरकधार: देउवामाथि विष्णु रिजालको व्यङ्ग्य : चिठ्ठा परेका प्रधानमन्त्रीलाई कुनै हतार छैन