एमाले नेता रिजालको टिप्पणी : देउवा मन्त्री बनाउन नसक्ने मानिस होइन


July 25, 2021 9:33 am

काठमाडौं, १० साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा व्यंख्या कसेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले देउवा मन्त्री बनाउन नसक्ने मानिस नै नभएको पनि चित्रण गरेका छन् ।

उनले भनेका छन्,‘शेरबहादुर देउवा मन्त्री बनाउन नसक्ने मानिस होइन।पहिलो पटक नै इतिहासमै सबभन्दा धेरै (४८) मन्त्री बनाएर देखाइदिनुभएकै हो । यसपटक अदालतले ‘फलाना-फलानालाई मन्त्री बनाउन पाइँदैन’ भनेकै थियो, उहाँलाई प्रम नियुक्त गर्दा ‘फलाना-फलानालाई मन्त्रीहरु बनाऊ’ भनिदिएको भए यति सकस पर्ने थिएन कि!”

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्नको लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । कांग्रेसनिकट स्रोतकाअनुसार देउवाले आज÷भोलिभित्रै मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका छन् । यसको लागि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि छलफल गरेका छन् । साथै, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि उनले छलफल थालेका छन् ।

रेपोर्तेर्स नेपाल: एमाले नेता रिजालको टिप्पणी : देउवा मन्त्री बनाउन नसक्ने मानिस होइन