संविधानको धारा जतिपटक पल्टाए पनि अन्ततः फेरि एमालेकै सरकार बन्छ : विष्णु रिजाल


May 11, 2021 10:02 am

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षी गठबन्धनमा बहुमत नरहेकाले फेरि पनि एमालेकै सरकार बन्ने बताएका छन् ।

साेमबार मात्र प्रधानमन्त्रीले विश्वास मत माग्दा अल्पमतमा परेपछि वर्तमान सरकार काम चलाउ भइसकेकाे छ भने राष्ट्रपतिद्वा नयाँ सरकार गठनका लागि दलहरूसामु अाह्वान गरिएकाे छ ।

तर नयाँ सरकार गठनका लागि अहिलेकाे अवस्था हेर्दा विपक्षी (कांग्रेस-माओवादी) गठबन्धनसँग बहुमत नपुग्ने देखिएकाे भन्दै नेता रिजालले अन्ततः एमाले नेतृत्वमा नै सरकार बन्ने सम्भावना बलियाे भएकाे बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नयाँ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो । संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयाँ सरकार बन्दैन । त्यसैले नयाँ सरकार दाबी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अन्तत: ७६(३) अनुसार एमालेको सरकार बन्छ । बाँकी विकल्प त स्पष्टै छ ।’

News24nepal: संविधानको धारा जतिपटक पल्टाए पनि अन्ततः फेरि एमालेकै सरकार बन्छ : विष्णु रिजाल