विष्णु रिजाल भन्छन् : छविमा दाग लाग्न थालेपछि नेल्सन मण्डेलाले पत्नी छाडे तर हाम्रा नेता…


September 7, 2020 1:54 pm

सत्तारूढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले व्यापारी, बिचौलिया र ठेकेदारसँग पार्टीका नेताको साँठगाँठप्रति आपत्ति प्रकट गरेका छन् ।  

नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सोमबार ट्विटरमार्फत नेल्सन मण्डेलाको उदाहरण दिँदै आफ्ना पार्टीका नेतालाई बदनाम व्यक्तिसँगको सम्बन्ध परित्याग गर्न सुझाव दिएका हुन् ।  

‘आफ्नो छविमा दाग लगाउन थालेपछि नेल्सन मण्डेलाले पत्नी विन्नी मण्डेलालाई त छाडेका थिए भने निरन्तर बदनामी हुँदा पनि हाम्रा केही नेताले निश्चित व्यापारिक समूह, बिचौलिया र बदनाम ठेकेदार छाड्न किन सक्दैनन्,’ नेता रिजालले ट्विट गरेका छन्, ‘राजनेता शब्दसँग औधी प्रेम भएर मात्र के नै होला र !’ 

नागरिक दैनिक: विष्णु रिजाल भन्छन् : छविमा दाग लाग्न थालेपछि नेल्सन मण्डेलाले पत्नी छाडे तर हाम्रा नेता…