विनाशतिर हिंडेमा कम्युनिस्ट पार्टी नबच्ने माधव नेपालका विश्वासपात्र विष्णु रिजालका टिप्पणी


July 25, 2020 11:28 am

काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णु रिजालले विनाशतिर हिंडेमा कम्युनिस्ट पार्टी नबच्ने टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै संसदबाट जन्मिएको दलको अन्त्य पनि संसदमै हुने उल्लेख गर्दै विनारतिर हिंडेमा कम्युनिस्ट पार्टीलाई अदालत, चुनावचिन्ह, हितैषी मित्रहरु वा जनताले नबचाउने तर्क गरेका छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासपात्र मानिने रिजालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो ट्वीटर गरेका हुन् ।

उनले लेखेका छन्ः संसदबाट जन्मिएको दलको अन्त्य पनि संसदमै हुन्छ- ०५६ साल साक्षी छ । कसैमा कुवुद्धि पलाएछ भने पनि आकार नलिंदै त्यसको आयु सकिन्छ । आफैं विनाशतिर हिंडेमा कम्युनिस्ट पार्टीलाई अदालत, चुनावचिह्न, हितैषी मित्रहरू वा जनताले बचाइदिन्छन् भन्ने भ्रममा कोही नरहेकै राम्रो हुन्छ ।

रिपोर्टर्स नेपाल: विनाशतिर हिंडेमा कम्युनिस्ट पार्टी नबच्ने माधव नेपालका विश्वासपात्र विष्णु रिजालका टिप्पणी