‘राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न’


June 11, 2021 8:53 am

नेकपा एमालेका नेता विष्णु रिजालले एमालेको एकताका लागि २०७५ जेठ २ नै प्रस्थान र मिलनबिन्दु भएको बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि पुरानै अवस्थामा फकर्नु आवश्यक रहेको बताए । 

राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा नपुगिने भन्दै नेता रिजालले नेकपा (एमाले) भित्रको समस्या राजनीतिक भएको र यसको निकास राजनीतिक रुपमा खोज्नुपर्ने बताए । 

रिजालले निकास खोज्न जति ढिलो हुन्छ, थप पराजय, थप बेइज्जत र थप भुक्तमान भोग्नु बाहेक अरु विकल्प कही नभएको बताए । उनले अदालतले कानुन पढ्ने, जनमत नपढ्ने भन्दै वकिलको तर्क हेर्ने तर आफूहरुको भविष्य नहेर्ने बताए । 

रिजालले बाटो बिराइयो भने जहाँबाट यात्रा सुरु गरेको हो, त्यहीँ फर्किनुपर्छ भनेझैँ बिना दाउपेच एमालेको एकताका लागि जेठ २ नै प्रस्थान र मिलनबिन्दु भएको बताएका हुन् । 

फरकधार: ‘राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न