माधव नेपाललाई अर्को धक्का : सवैभन्दा निकट बिष्णु रिजालले नै छाडे साथ


April 19, 2021 2:04 pm

काठमाडौं, बैशाख ६ । एमाले सकाउने अभियानमा लागेपछि एमालेका निलम्बित नेता माधवकुमार नेपाल एक्लै पर्न थाल्नुभएको छ । नेता नेपालका सवैभन्दा नजिक मानिने केन्द्रीय सदस्य बिष्णु रिजालले पनि आजबाट उहाँको साथ छाडनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर रिजालले नेपालको साथ छाडनु भएको हो । तात्कालिन एमालेका प्रचार बिभागका सचिव रिजाल नेकपा गठन हुँदा केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको थियो । एमालेमा सदैव माधवकै निकट रही सघाउँदै आउनु भएका रिजाल आज केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएको हो ।

रिजालले यसअघि नै एमाले बिभाजन गरी माधव नेपालले गठन गर्ने पार्टी चल्नै नसक्ने भन्दै बैधानिक फोरममा नै आफ्नो धारणा राख्न सुझाउनु भएको थियो । तर नेता नेपालले प्रचण्डको डिजाइनमा एमाले तहस नहस बनाउने कसम खानुभएपछि रिजालले उहाँको साथ छाडनु भएको हो ।

Hamro Biratnagar: माधव नेपाललाई अर्को धक्का : सवैभन्दा निकट बिष्णु रिजालले नै छाडे साथ