बलियो एमालेसँग लड्न अरू पार्टीले पनि आफूलाई त्यही अनुसार तयार गर्नुपर्छ : एमाले नेता बिष्णु रिजाल


May 16, 2021 2:59 pm

काठमाडौँ, २ जेठ:  नेकपा एमालेका नेता तथा विदेशविभाग उपप्रमुख बिष्णु रिजालले बलियो एमालेलँग लड्न अरू पार्टीले पनि आफूलाई त्यही अनुसार तयार गर्नुपर्छ भन्नुभएको छ .

आज अपरान्ह सामाजिक सन्जाल ट्विटरवाट ट्विट गर्दै रिजालले उक्त कुरा बताउनु भएको हो ।

नेता रिजालको ट्विट

लोकतन्त्र बलियो हुन पार्टीहरू बलियो हुनुपर्छ र एउटा पार्टी एकताबद्ध र बलियो भएमा त्यसको सकारात्मक प्रभाव प्रतिस्पर्धी पार्टीमा पनि पर्छ । अहिले एमाले एकताबद्ध हुन थाल्दा त्यसको प्रभाव माओवादी केन्द्रमा पर्न थालेको छ । माओवादीरा युवा पुस्ताका नेताहरू ‘आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ, आफ्नो खुट्टामा भर गर्नुपर्छ’ भन्दै माओवादी धारलाई बलियो बनाउन पुष्पकमल दाहाल, मोहन वैद्य, बाबुराम भट्टराईदेखि नेत्रविक्रम चन्दसम्म एक ठाउँमा आउनुपर्छ भन्न थाल्नुभएको छ । अर्काको पार्टी फुट्ला र जोडजाड गरेर सरकार बनाउँला भन्ने आश गर्नुभन्दा आफ्नो शक्ति संगठित गर्ने सोचले पार्टीलाई बलियो बनाउँछ । एमाले बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ भन्नुको अर्थ बलियो एमालेलँग लड्न अरू पार्टीले पनि आफूलाई त्यही अनुसार तयार गर्नुपर्छ ।

पोस्टखबर: बलियो एमालेसँग लड्न अरू पार्टीले पनि आफूलाई त्यही अनुसार तयार गर्नुपर्छ : एमाले नेता बिष्णु रिजाल