प्रधानमन्त्रीमा ५ औं पटक देउवाको सत्तारोहण : एमाले नेता रिजालले पल्टाए अघिल्ला चार पटकका इतिहास !


July 20, 2021 11:49 am

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा पांचौं पटक प्रधानमन्त्री भएकोमा आपत्ति जनाएका छन्।

नेता रिजालले यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा पांचौं पटक प्रधानमन्त्रीमा पुन नियुक्त भएसँगै आपत्ति जनाएका हुन्।

सामाजिक संजालमा नेता रिजालले लेखेका छन्, ‘शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री हुँदा देश र कांग्रेस दुबैलाई फाइदा भएको इतिहास छैन ।
१. ०५२ मा माओवादी हिंसा सुरु भयो ।
२. ०५९ मा कांग्रेस फुट्यो, प्रतिगमन भयो
३. ०६१ मा प्रजातन्त्र समाप्त भयो ।
४. ०७४ मा कांग्रेस पराजित भयो ।
हेरौं- पाचौं पटकमा के हुने हो !’

Nepal Face: प्रधानमन्त्रीमा ५ औं पटक देउवाको सत्तारोहण : एमाले नेता रिजालले पल्टाए अघिल्ला चार पटकका इतिहास !