नेपाल समूहका बिष्णु रिजाल बालुवाटार बैठकमा


April 19, 2021 1:43 pm

काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा आवद्व भएको बताएका छन् ।

माधव नेपाल समूहमा रहेका नेता रिजाल पार्टीभित्रको विवादका क्रममा ओली समूहमा आवद्व भएका हुन् ।

उनी नेता नेपाल प्रधानमन्त्री भएको बेला रिजाल प्रेस सल्लाहकार थिए भने नेकपा एकता हुनुअघि एमाले रहँदा नेता रिजाल प्रचार विभाग सचिव थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ ।

तर, नेकपा बनेपछि उनी विदेश विभाग उपप्रमुख थिए । नेकपाको विदेश विभाग प्रमुखमा नेता नेपाल स्वयम् थिए। रिजाल ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी भएका छन् ।

​ओलीले बोलाएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नेपाल समूहले उक्त बैठक बहिष्कार गरेको थियो ।

खबर मुकाम: नेपाल समूहका बिष्णु रिजाल बालुवाटार बैठकमा