नेकपा एमालेले मौका पायो भने काम गरेर देखाउछ : बिष्णु रिजाल


July 6, 2021 8:22 pm

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमालेका युवा नेता बिष्णु रिजालले एमालेले मौका पायो भने काम गरेर देखाउँछ भन्ने उदाहरण स्वदेशी लगानीमा निर्मित नेपालको सबभन्दा ठूलो माथिल्लो तामाकोशी आयोजना रहेको बताएका छन । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य एवंम बिदेश बिभाग उप-प्रमुख समेत रहेका नेता रिजालले एमाले वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा यो आयोजनाको सम्पूर्ण तयारी भएर झलनाथ खनालका पालामा शिलान्यास भएको र केपी ओलीकाे पालामा उद्घाटन भएको बताएका हुन । ५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले ११ वर्ष पूरा हुँदा सम्पन्न भएको बताएका छन ।

मध्यपहाडी राजमार्ग, काठमाडौँ–तराई द्रूतमार्ग, नौबिसे सुरुङमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम रेल योजना, संसद् भवन, पोखरा र भैरहवा विमानस्थल, प्रत्येक पालिकामा अस्पताल जस्ता एमालेको सोचका आयोजना पूरा हुँदा तिनले नेपालको परम्परागत विकासमा गेम–चेन्जरको भूमिका निर्वाह गर्नेमा अब कुनैपनि शंका नरहेको प्रष्ट पारेका छन ।

दर्पण दैनिक: नेकपा एमालेले मौका पायो भने काम गरेर देखाउछ : बिष्णु रिजाल