देउवाबाट बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने काम हुदैन कि ! –बिष्णु रिजाल


May 12, 2021 4:35 pm

काठमाडौ । नेकपा एमालेका नेता बिष्णु रिजालले काग्रेस सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम गर्ने कार्य नगर्न सुझाब दिनुभएको छ । सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै नेता रिजालले अरु पार्टी फुटाएर सरकार बनाए कांग्रेसको हालत पनि त्यहि बाटोमा जाने उल्लेख गर्नुभएको  छ । उहाँले लेख्नु भएको छ–

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो । किनकि, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन । 

यसै पनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन् ।

अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो । चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ?

Newspolar: देउवाबाट बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने काम हुदैन कि ! –बिष्णु रिजाल