जति प्रयास गरे पनि एमाले फुट्दैन , छिट्टै ‘ब्रेक थ्रु’ हुन्छ : विष्णु रिजाल


June 3, 2021 1:27 pm

नेकपा (एमाले)का नेता तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जति भित्र र बाहिर बाट जति प्रयास गरे पनि नेकपा एमाले नफुट्ने दाबी गरेका छन् । एमालेमा कुनै सैद्धान्तिक वैचारिक मतभेद नभएका कारण नफुट्ने उनको दाबी छ ।

एमालेमा सङ्गठनात्मक व्यवस्थापनको समस्या भएको र त्यसको हल हुने बित्तिकै पार्टी एक ठाउँमा उभिने उनले बताएका छन् । उनी भन्छन् सङ्गठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ ।

नेकपा एमालेलाई मिलाउन नयाँ पुस्तका नेताहरूले लगातार प्रयास गरिरहेका छन् । रिजाल भन्छन् जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ, सबै नेता-कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ । त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन । आशा गरौँ, छिट्टै यसमा ‘ब्रेक थ्रु’ हुन्छ ।

Dainik Online: जति प्रयास गरे पनि एमाले फुट्दैन , छिट्टै ‘ब्रेक थ्रु’ हुन्छ : विष्णु रिजाल