कार्यदलले विवाद समाधान गर्न सक्दैन, ओली-नेपालबीच वार्ता आवस्यक छ- विष्णु रिजाल


July 7, 2021 9:41 am

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट समुहका नेता माधवकुमार नेपालबीच वार्ता हुनु आवस्यक रहेको बताएका छन् ।

एमाले एकताको लागि संस्थापन समुह र असन्तुष्ट समुहबीच बनेको कार्यदलको बैठक चलिरहँदा रिजालले कार्यदलले मात्रै समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।

कार्यदलले पार्टी एकताको सहमती जुटाएपनि विवादको निमूल पार्नका लागि ओली–नेपालको वार्तामा जुट्नु पर्ने उनले बताएका छन् ।

नेता रिजालले बुधबार सामाजिक सञ्जालमा लेख्दै ओली–नेपालको भेटवार्ता ढिला गदाृ पार्टी एकताको प्रकृया पनि ढिला हुने बताएक। छन् ।
‘एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्छ । तर समस्या त्यतिमा समाधान हुन्छ जस्तो लाग्दैन। उच्च राजनीतिक सहमति र विश्वास निर्माण गर्न केपी शर्मा ओली र माधव नेपालबीच आपसमा बस्न जति ढिला हुन्छ, एकता प्रक्रिया त्यति नै ढिला हुन्छ,’ नेता रिजालले लेखेका छन् ।

खबर मुकाम: कार्यदलले विवाद समाधान गर्न सक्दैन, ओली-नेपालबीच वार्ता आवस्यक छ- विष्णु रिजाल