कस्तो फैसला आउँछ भनेर जसलेपनि पहिल्यै भनिदिन सक्छ : विष्णु रिजाल


June 27, 2021 9:48 am

काठमाडौं, १३ असार । नेकपा (एमाले)का युवा नेता विष्णु रिजालले लोकतन्त्रमा पारदर्शिता हुने बताएका छन् । तर, नेपालको अदालतमा कुन न्यायाधीशको बेञ्चमा कस्तो मुद्दा पर्छ ? कस्तो फैसला आउँछ ? कुन मुद्दा पेशीमा चढ्छ ? कुन चढ्दैन ? जसले पनि पहिल्यैपनि भनिदिन सक्ने उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन्-“लोकतन्त्रमा पारदर्शिता अपेक्षित हुन्छ नै । तर, हाम्रो अदालत यति पारदर्शी होला भन्ने अनुमान चाहिँ थिएन । कुन न्यायाधीशको बेन्चमा कस्तो मुद्दा पर्छ, कस्तो फैसला आउँछ, कुन मुद्दा पेशीमा चढ्छ, कुन चढ्दैन ? जसले पनि पहिल्यै भनिदिन सक्छ । अनि कुनै कुनै मुद्दामा त अघिल्लै दिन….”

रेपोर्तेर्स नेपाल: कस्तो फैसला आउँछ भनेर जसलेपनि पहिल्यै भनिदिन सक्छ : विष्णु रिजाल