एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त


May 16, 2021 7:56 pm

काठमाडौं – नेकपा एमालेका नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार साझँ नेता रिजालले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दएका छन् । 

उनलाई २० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेता रिजालले आफु कोरोनामुक्त भएको भन्दै स्वास्थ्यलाभको कामना गर्ने आफन्तजनहरू, नेताहरू, शुभेच्छुकलगायतलाई धन्यवाद दिएका छन् । 

रिजालले उच्च मनोवल भएमा कोरोनालाई जित्न सकिने बताएका छन् । उनले भने – “यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।”

उनको स्टाटस यस्तो छ – “बीस दिनपछि आज कोरोना संक्रमणबाट मुक्त भएको छु । यसबीचमा विभिन्न माध्यमबाट मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने प्रिय आफन्तजनहरू, आदरणीय नेताहरू, शुभेच्छुकलगायत सबै मित्रहरूप्रति आभारी छु । यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।”

CanadaNepal: एमाले नेता विष्णु रिजाल कोरोना संक्रमणमुक्त