संविधानवादले जित्यो, डिरेल भएको संविधान लिगमा फर्कियो -बिष्णु रिजाल


February 23, 2021 6:34 pm

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंबैधानिक कदमले लिगभन्दा बाहिर गएको संविधान पुनः लिगमा फर्केको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि डिरेल भएको संविधान लिगमा आएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए । 

‘संविधानवादको जित भयो, प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अदालतले सच्यायर लिगमा ल्याएको छ’, नेता रिजालले भने ‘जति संविधान बनाउन भूमिका दलहरुको थियो, त्यति नै ठुलो भूमिका संविधान बचाउन अदालले खेल्यो । डिरेल भएको संविधान लिगमा फर्केको छ ।’

विभिन्न आशंकाकाबीच अदालतले आज प्रतिनिधिसभा पुनस्थापनको फैसला सुनाएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई गैरसंबैधानिक ठहर गर्दै अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश पनि दिएको छ ।

Onlinedainik: संविधानवादले जित्यो, डिरेल भएको संविधान लिगमा फर्कियो -बिष्णु रिजाल