विष्णु रिजाल भन्छन्: माओवादीकै कारण एमालेका जजसले लाभ लिए, उनीहरू नै उसप्रति असहिष्णु !


November 28, 2020 1:50 pm

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी भित्रका माओवादी समूहप्रति ‘असहिष्णु’ एमालेजनको आलोचना गरेका छन्।  

एमाले खेमाकै नेता रिजालले माओवादीसँग एकताकै कारण लाभ लिएका तत्कालीन एमालेका नेताहरू नै तत्कालीन माओवादीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।  

नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले शनिबार सामाजिक सञ्जालमार्फत तत्कालीन एमाले नेतालाई माओवादीबिनाको आफ्नो हैसियत याद गर्न चेतावनी दिएका हुन्।  

‘माओवादीसँग एकता भएकै कारण एमालेका जो-जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहाँहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ रिजालले ट्विटरमा लेखेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा ककसले हारे-जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।’

नागरिक दैनिक: विष्णु रिजाल भन्छन्: माओवादीकै कारण एमालेका जजसले लाभ लिए, उनीहरू नै उसप्रति असहिष्णु !