विष्णु रिजाल भन्छन् : केपी ओली बोल्ड डिसिजन गर्ने नेता हो (भिडिओसहित)


March 19, 2021 10:38 am

काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षधर नेता विष्णु रिजालले पार्टी कुनै पनि नेता तथा कार्यकर्ताहरुले पार्टी नफुटोस भन्ने चाहेकोले नेताहरुले सोहीअनुसार गम्भीर पहल गर्नुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फागुन २८ गतेको निर्णयले गर्दा पार्टीमा समस्या आएको टिप्पणी गरे । आफूहरु पार्टी एकताकै पक्षमा रहेको नेता रिजालको भनाई छ । उनले आफूहरु मित्रतापूर्वक नै अघि बढ्ने स्पष्ट पारे । पछिल्लो समय धुम्बराहीमा भएको नेताहरुको छलफलले आईसब्रेक भएको पनि उनले दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली बोल्ड डिसिजन गर्नसक्ने नेता भएको भन्दै पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

रिपोर्टस नेपाल: विष्णु रिजाल भन्छन् : केपी ओली बोल्ड डिसिजन गर्ने नेता हो (भिडिओसहित)