विष्णु रिजालले औँल्याएका दुई विकल्प– मंसिरमा चुनाव कि ओली नेतृत्वमै थप दुई वर्ष सरकार ?


March 23, 2021 1:20 pm

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले अहिलेको परिस्थितिमा दुई वटा विकल्प रहेको बताएका छन् ।

रिजालले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अहिलेको अवस्था हेर्दा दुई मात्र विकल्प रहेको बताए ।

एमालेमा माधव नेपाल पक्षमा उभिएका रिजालले अहिले राजनीतिक समस्या समाधान गर्न ओलीको दुई विकल्पको विषयमा आफ्नो धारणा राखेका हुन् ।

अहिलेको राजनीतिक अवस्था सृजना हुनुमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य दोषी मान्दै आएको माधव पक्षका रिजालले ओलीको विकल्पको विषयमा आफ्नो धारण राखेका छन् ।

“अहिलेकाे अवस्था हेर्दा माेटामाेटी दुई मात्र विकल्प देखिन्छन्” उनले लेखेका छन्, “प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता वा ओलीकै नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन ।”

nagarik khabar: विष्णु रिजालले औँल्याएका दुई विकल्प– मंसिरमा चुनाव कि ओली नेतृत्वमै थप दुई वर्ष सरकार ?