विष्णु रिजाललाई कोराना पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री


April 27, 2021 4:35 pm

काठमाण्डौ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ।

रिजालले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले आफूसँग सम्पर्क आएकाहरुलाई कोरोना परीक्षण गर्न सुझाव दिएका छन्। उनी हाल होम क्वारेन्टिनमा बसेका छन्।

रिजालमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी ओली पनि कन्ट्याक ट्रेसिङमा परेका छन्। एक साताकै बीचमा प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका दुईवटा केन्द्रीय कमिटीका बैठक भएको थियो। दुवै बैठकमा रिजाल सहभागी थिए।

रिजालले कोराना संक्रमण देखिनुअघिका एक साताको कन्ट्याक ट्रेसिङले सिंगो महाधिवेशन आयोजक समितिमा मात्र नभएर पत्रकारहरुसम्म तानिएका छन्।

गत वैशाख ९ गते नेपाल पत्रकार महासंघमा निर्वाचित पत्रकारसँगको छलफलमा उनी सहभागी भएका थिए। भोलिपल्ट वैशाख १० गते रिजाल अध्यक्ष केपी ओलीले बोलाएको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भए।

गत वैशाख ११ गते भएको आकस्मिक रुपमा महाधिवेशन आयोजक समितिको बैठक पनि रिजाल सहभागी भएका थिए। त्यस दिन उनी प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापासँगको भेटमा पनि मास्कविनाको फोटो सार्वजनिक भएको थियो। सोही कारण प्रधानमन्त्री ओली पनि कन्ट्याक ट्रेसिङमा परेको देखिन्छ।

बिज्शाला: विष्णु रिजाललाई कोराना पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री