विष्णु रिजालकाे सुझाव : संसद अधिवेशन अन्त्य गरेर बजेटमा केन्द्रित हुनु राम्रो


April 19, 2021 9:15 am

नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत संसदको अधिवेशन तत्काल अन्त्य गर्न सुझाव दिएका छन् । 

रिजालले अहिले सरकारको ध्यान बजेट निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले अहिलेको चालू अधिवेशन रोकेर सरकारले बजेट निर्माणमा काम गर्नुपर्ने धारणा राखेका छन् । 

एमालेभित्र पनि माधव नेपाल निकट नेता रिजालले सरकारलाई यस्तो सुझाव दिएका हुन् । अहिले सरकारको प्राथमिकता नीति तथा कार्यक्रम र बजेट निर्माणमा हुनुपर्नेमा उनको जोड छ । 

रिजालले अहिले नीति निर्माणमा केन्द्रित रहेर काम गर्नुपर्ने भन्दै वैशाखभित्रै पुनः अधिवेशन बोलाउन पर्ने भएकाले अहिले संसदलाई रोक्नुपर्ने बताए । वैशाखमा बजेट अधिवेशन हुने भएकाले अहिले संसद रोक्नुपर्ने उनको मत छ । 

फरकधार: विष्णु रिजालकाे सुझाव : संसद अधिवेशन अन्त्य गरेर बजेटमा केन्द्रित हुनु राम्रो