विद्या भण्डारी राष्ट्रपति हुन अयोग्य पात्र– विष्णु रिजाल


February 11, 2021 1:58 pm

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाकी केन्द्रीय सदस्य विष्णु रिजालले विद्यादेवी भण्डारी राष्ट्रपति बन्न अनुपयुक्त र अयोग्य पात्र भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेपछि केन्द्रीय सदस्य रिजालले यस्तो ट्वीट गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ, रामकुमारी झाँक्री प्रकरणबाट थप प्रस्ट भएको छ, विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् ।’

साथै केन्द्रीय सदस्य थापाले आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरङ्कुशताको पराकाष्टा भएको बताउनुभएको छ ।

imagekhabar: विद्या भण्डारी राष्ट्रपति हुन अयोग्य पात्र– विष्णु रिजाल