माधव नेपालनिकट नेता विष्णु रिजालको दाबी : प्रचण्डको नेतृत्वमा नेकपा चल्छ


November 3, 2020 11:21 am

काठमाडौं, १८ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा आफूले यस्तो दाबी गरेको स्पष्ट पारेका छन् । उनले नेकपा प्रचण्डको नेतृत्वमा चल्ने र केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच वर्ष चल्ने दाबीसमेत गरेका छन् । उनले यस्तो लेखेका छन् :

नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ: १. नेकपा फुट्दैन । २. केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ । ३. प्रचण्डको नेतृत्वमा नेकपा चल्छ । ४. सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । ५. असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ ।

रिपोर्टर्स नेपाल: माधव नेपालनिकट नेता विष्णु रिजालको दाबी : प्रचण्डको नेतृत्वमा नेकपा चल्छ