माधव नेपालनिकट नेता रिजाल भन्छन् : ओली सरकारको दुई वर्ष निरन्तर वा ओलीकै नेतृत्वमा मंसिरमा निर्वाचन


March 23, 2021 10:30 am

काठमाडौं, १० चैत्र । नेकपा (एमाले) का प्रभावशाली युवा नेता विष्णु रिजालले अहिलेको अवस्थामा अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा रहेको सरकारलाई संसद्को पूरा अवधि निरन्तरता दिनु वा प्रधानमन्त्री ओलीकै नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन गर्नु नै दुई विकल्प रहेको बताएका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता रिजालले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो विकल्प देखिएको सुनाएका छन् । उनले लेखेका छन्–”अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्: १. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा २. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन”

रिपोर्टस नेपाल: माधव नेपालनिकट नेता रिजाल भन्छन् : ओली सरकारको दुई वर्ष निरन्तर वा ओलीकै नेतृत्वमा मंसिरमा निर्वाचन