भ्रम छरेको भन्दै गुरु भट्टराईलाई कानूनी कठघरामा उभ्याइने विष्णु रिजालको भनाई


February 6, 2021 4:14 pm

काठमाडौं –  रेल कम्पनिका महाप्रबन्धक गुरु भट्टराई विरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षका नेता बिष्णु रिजाल कानुनी प्रकृयामा जाने भएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका हुन्।

व्यक्तिको चरित्र हत्या गरेवापत सरकारी नियुक्ती पाएको र त्यस्तै कुकर्म गर्ने जिम्मा पाएका गुरु भट्टराईले राजनैतिक विषय नपाएपछि कथा बुनेर सामाजिक सञ्जालमा आफुविरुद्ध अपराधिक रुपमा प्रस्तुत भएको उनको आरोप छ। यस्तो हर्कत गर्नेलाई उनले कायर साईबर स्यालहरुको संज्ञा दिएका छन्।उनले यस्ता अपराधीहरुको विरुद्ध कानुनी प्रकृया सूरु भैसकेको पनि जनाएका छन्। यस्तो हर्कतले आफुलाई एकरत्ति पनि हतोत्साहित नगर्ने पनि उनले उल्लेख गरेका छन्।

उनले लेखेको छन्:-

‘व्यक्तिको चरित्र हत्या गरेवापत सरकारी नियुक्ति पाएका र यस्तै कुकर्म गर्ने जिम्मा पाएका गुरू भट्टराईलगायतका केही कायर साइबर स्यालहरू राजनीतिक विषय नपाएपछि कथा बुनेर सामाजिक संजालमा मेराविरूद्ध आपराधिक रूपमा प्रस्तुत भएका छन्। यस्ता अपराधीहरूका विरूद्धमा कानुनी प्रक्रिया सुरु भइसकेको छ र यिनका यस्ता हर्कतले मलाई एकरति हतोत्साहित गर्न सक्ने छैन।’

भट्टराईले धम्कीको शैलीमा आन्दोलनका लागी नेता रिजालले माछापुच्छ्रे बैंकको न्युरोड शाखामा युवा बचत खातामा अढाई करोड जम्मा गरेको आरोप लगाएका थिए।  नेकपा ओली पक्षको आफूलाइ साइबर सेनाकाे प्रमुखकाे रुपमा उनले दावी गर्दै आएका छन्। उनि सामाजिक सञ्जालमा विराेधीप्रति गालीगलाैजपुर्ण अभिव्यत्ती दिन महिर मानिन्छन्। 

आमनेपाली: भ्रम छरेको भन्दै गुरु भट्टराईलाई कानूनी कठघरामा उभ्याइने विष्णु रिजालको भनाई