बिष्णु रिजाल भन्नुहुन्छ:माधव नेपालको भुमिका एमाले बनाउन अरु नेताको भुमिका भन्दा कम भुमिका छैन


April 2, 2021 4:35 pm

आजको नेपाल खबर :नेकपा एमालेका नेता बिष्णु रिजालले नेकपा एमाले विभाजन नहुने दावी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पार्टीभित्रको विवाद छलफल र आन्तरिक संघर्षबाट हल हुँदै जाने बताउदैँ उहाँले एमाले विभाजन नहुने स्पष्ट पार्नुभयो ।

एमाले पार्टी बनाउन माधव नेपालको अरु नेताकोभन्दा कम भुमिका नरहेको उल्लेख गर्दै नेता रिजालले पार्टी विभाजन नगर्न नेपालले उचित निर्णय लिने बिश्वास व्यक्त गर्नुभएको छ ।उहाँले एमालेको एकता र आगामी भविष्य पार्टीका अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको प्रष्ट पार्नुभयो । एमाले पार्टी कानुनी र राजनीतिक कुनैपनिरुपमा नफुटेको दावी गर्दै उहाँले अध्यक्ष ओलीको एक कदमले पार्टीको एकता र भविष्य तय गर्ने उल्लेख गर्नुभएको छ ।

Aajako Nepal Khabar: बिष्णु रिजाल भन्नुहुन्छ:माधव नेपालको भुमिका एमाले बनाउन अरु नेताको भुमिका भन्दा कम भुमिका छैन