फिनिक्स पक्षी बनेर भए पनि उठ्नैपर्छ : विष्णु रिजाल


December 28, 2020 1:43 pm

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनता र मित्रका सुझावअनुसार अझै पार्टी एकताका लागि प्रयास गर्नुपर्ने बताएका छन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपाका दुई पक्ष औपचारिक रूपमा अलग देखिएका बेला नेता रिजालले पार्टी एकताका पक्षमा बोलेका हुन्।  

‘एकताबद्ध नेकपा यसका नेता/कार्यकर्ता मात्र होइन, आम जनताको चाहना र निर्वाचनको निर्देशन पनि हो,’ सोमबार सामाजिक सञ्जालमा नेता रिजालले लेखेका छन्, ‘नेकपा एकताको मुख्य जमिन संसद् विघटन गरिएपछि स्वतः संकटमा परेको एकताका पक्षमा अझै प्रकट जनता र मित्रहरूका शुभेच्छाहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। फिनिक्स पक्षी बनेर भए पनि उठ्नैपर्छ।’

नागरिक दैनिक: फिनिक्स पक्षी बनेर भए पनि उठ्नैपर्छ : विष्णु रिजाल