प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न ओली प्रधानमन्त्री : रिजाल


November 14, 2020 11:18 am

काठमाडौं, २९ कार्तिक। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलोलुप भनेको नसुहाउने तर्क गरेका छन् । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेको बेलामा नेता रिजालको यस्तो भनाई आएको हो । हिजोको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले लेखेका छन्,”अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ‘पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? ख्याल गरौँ– प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ‘पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ?”

रिपोर्टर्स नेपाल: प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न ओली प्रधानमन्त्री : रिजाल