नेपालनिकट बिष्णु रिजाल ओली समूहको बालुवाटार बैठकमा


April 21, 2021 2:14 pm

काठमाडौं । नेकपा एमालेमा समूह परिवर्तन खेल जारी छ । माधव निकट बिष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेका छन्। 

 नेता नेपाल प्रधानमन्त्री भएको बेला रिजाल प्रेस सल्लाहकार थिए। नेकपा एकता हुनुअघि एमाले रहँदा नेता रिजाल प्रचार विभाग सचिव थिए।   तर, नेकपा बनेपछि उनी विदेश विभाग उपप्रमुख थिए।

नेकपाको विदेश विभाग प्रमुखमा नेता नेपाल स्वयम् थिए। रिजाल ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी भएका छन्। जुन बैठक नेता नेपाल समूहले बहिष्कार गरेको थियो। ​ओलीले बोलाएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

Dharan News: नेपालनिकट बिष्णु रिजाल ओली समूहको बालुवाटार बैठकमा