नेकपा फुटने अधार छैन, ठुलो घरको ठुलै चाला- नेता बिष्णु रिजाल।


November 1, 2020 11:08 am

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र नेतृत्वहरु बिचको बिबादले नेकपा फुटने हल्ला बाहिर आएपछि नेकपा बिदेश बिभाग उपप्रमुख तथा केन्द्रिय सदस्य बिष्णु रिजालले नेकपा फुटने अधार नरहेकोले यसलाइ ठुलो घरको ठुलै चाला भनिएको छ।

उहाँले नेकपा भित्र समस्या पक्कै रहेतापनि यतिका अधारमा पार्टी फुटनेछैन ।

यस भन्दा ठुला संकट क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जिवनको उत्तरार्द्धमा राजमार्ग छोडेर फेरि भिरको बाटो रोज्दैनन बताए ।

नेता रिजालको बुझाइमा पार्टी बिभाजन हुने परिस्थिति नभएको हो भने नेताहरुको मनस्थिति पनि बिभाजन तर्फ जाने देखिदैन ।
स्यालको शिकारको लागि बाघको खजाना जोरजाम गरिएकाले हल्लाखल्ला धेरै सुनिएको हो भनेको छ।

सप्तरी टुडे: नेकपा फुटने अधार छैन, ठुलो घरको ठुलै चाला- नेता बिष्णु रिजाल।