नेकपा नेताका छोराहरु के-केमा संलग्न छन् छानबिन गरौँ : बिष्णु रिजाल


December 11, 2020 4:24 pm

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बिष्णु रिजालले नेकपा नेताका छोराहरु के-के मा संलग्न छन् भन्दै छानबिन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नारायणकाजी श्रेष्ठ विवादमा परेकाे विषयमा लेख्दै नेताका छोराहरु के-के मा संलग्न छन् छानबिन गर्न आग्रह गरेका हु्न् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘ नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली-गलौज गर्ने चलन चलेकै छ ।’

उनले अझै थपेका छन् ‘सार्वजनिक अडिओ-भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण नभएकाे उनले भनेका छन् ।

केन्द्रीय सदस्य रिजालकाे स्टाटस यस्ताे छ ।

नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली-गलौज गर्ने चलन चलेकै छ ।

तर, सार्वजनिक अडिओ-भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।

शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता-कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ ।

यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जॉदैन र ? तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ- को नेता र तिनका छोराहरू के-केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।

नेपाल सत्य: नेकपा नेताका छोराहरु के-केमा संलग्न छन् छानबिन गरौँ : बिष्णु रिजाल