‘नेकपामा दोस्रो पुस्ताले नेतृत्व लिनुपर्छ, अन्यथा मजबुरीका नाम…’


February 25, 2021 10:59 am

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता विष्णु रिजालले अब नेकपाको भविष्य दोस्रो पुस्ताका नेताको हातमा रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले अदालतले संविधानलाई मात्रै लिकमा ल्याएको बताए । 

उनले लेखेका छन्, ‘अदालतले राजनीतिक समस्या समाधान गरिदिन्छ भनेर अपेक्षा गर्नु नै गलत हुन्छ । उसले त संविधानलाई लिकमा फर्काइदिएको मात्र हो र त्यसमा कसरी हिँड्ने भन्ने हामीमा निर्भर हुन्छ ।’

नेता रिजालले ‘अदालतले फैसला गरे पनि समस्या उस्तै छ’ भनेर असंवैधानिक सावित भइसकेको कदमको पक्षमा बोल्नुको कुनै अर्थ नभएको बताए ।  

गलत निर्णयको पैरवी भन्दा पहिलो पुस्ताका नेताहरूमा चरम अविश्वास र व्यक्तित्वको टकराव भएको बेला दोस्रो पुस्ताका नेताहरूले निकासका लागि पहलकदमी लिन सक्दा उनीहरूको औचित्य र नेतृत्व क्षमता देखिने रिजालको तर्क छ । 

नयाँ पुस्ताले नेतृत्व नलिएको अवस्थामा सिर्जना हुनसक्ने अन्यथाको विषयमा उनले लेखेका छन्, ‘जे हुन्छ, त्यो भोग्न त हामी सबै अभिशप्त नै छौँ । भनिन्छ नि– मजबुरीका नाम….’

फरकधार: ‘नेकपामा दोस्रो पुस्ताले नेतृत्व लिनुपर्छ, अन्यथा मजबुरीका नाम…’