धनगढीमा ओलीविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)


January 30, 2021 10:47 am

काठमाडौं, १७ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज धनगढीमा विरोध सभाको आयोजना गरेको छ । उक्त सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, र प्रदेश ईन्चार्ज डा. भीम बहादुर रावलले सम्बोधन गर्दैछन् ।

प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा दाहाल–नेपाल समूहले देशव्यापी रुपमा आन्दोलन तथा विरोध सभाको आयोजना गर्दै आएको छ । हिजोमात्रै उक्त समहुले विराटनगरमा विशाल विरोधसभाको आयोजना गरेको थियो । आज धनगढीमा पनि उल्लेख्य मात्रामा जनताको सहभागिता रहेको छ । तस्विर : विष्णु रिजालको फेशबुकबाट

रिपोर्टर्स नेपाल: धनगढीमा ओलीविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)