ओली सरकार पाँच बर्ष चल्छ, कसैले हल्लाउन सक्दैन : विष्णु रिजाल


November 3, 2020 9:56 am

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

रिजालले एक ट्वीट गदै भनेका छन्,’नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । नेकपा फुट्दैन, केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद पुनर्गठन हुन्छ, असहमतिहरुको समाधान बैठकबाट खोजिन्छ ।’

जनादेश खबर: ओली सरकार पाँच बर्ष चल्छ, कसैले हल्लाउन सक्दैन : विष्णु रिजाल