ओली समूहमा लागेका विष्णु रिजाल बने विदेश विभाग उपप्रमुख


April 23, 2021 5:28 pm

काठमाडौं, १० बैसाख । नेकपा एमालेको खनाल–नेपाल समूह छोडेर ओली समूहमा छिरेका नेता विष्णु रिजालले विदेश विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

पूर्व महासचिव तथा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभागमा उपप्रमुखको जिम्मेवारी सम्हालेका रिजाल गुट परिवर्तन गरेपछि केन्द्रीय सदस्य राजन भट्टराईको उपप्रमुख बनेका हुन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गर्दै रिजाललाई दैलेख जिल्लाको सहइञ्चार्ज र विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिएको हो । विदेश विभाग प्रमुखको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार समेत रहेका भट्टराईलाई दिइएको छ । तत्कालीन नेकपामा नेता माधवकुमार नेपाल विदेश विभाग प्रमुख थिए । रिजाल उक्त विभागको उपप्रमुख थिए ।

NayaPage: ओली समूहमा लागेका विष्णु रिजाल बने विदेश विभाग उपप्रमुख