‘ओलीको नेतृत्व दुई वर्ष निरन्तरता वा निर्वाचन :नेता बिष्णु रिजाल


March 23, 2021 1:35 pm

काठमाडौं । नेकपा एमाले भित्रको राजनीतिक अन्तर विरोध चुलिदै गएको बेला एमालेको नेता बिष्णु रिजालले अहिलेको राजनीतिक अन्तर विरोधको विकल्प प्रस्तुत गरेका छन् । उनले समाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा लेख्दै विकल्प प्रस्तुत गरेका छन् ।

एमालेमा माधव नेपाल पक्षमा उभिएका रिजालले अहिले राजनीतिक समस्या समाधान गर्न ओलीको दुई विकल्पको विषयमा आफ्नो धारणा राखेका हुन । अहिलेको राजनीतिक अवस्था सृजना हुनुमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य दोषी मान्दै आएको माधव पक्षका रिजालले ओलीको विकल्पको विषयमा आफ्नो धारण राखेका छन् ।

रिमालले लेखेका छन्, ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्, प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन

वर्णन Media: ‘ओलीको नेतृत्व दुई वर्ष निरन्तरता वा निर्वाचन :नेता बिष्णु रिजाल