एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण


April 27, 2021 10:10 am

काठमाडौं, १४ बैशाख । नेकपा (एमालेृ) का नेता विष्णु रिजाललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्–‘आज गरेको स्वाव परीक्षणबाट ममा कोभिड(१९ पोजेटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु । यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु ।’

नेता रिजालले आफ्नो सम्पर्कमा आएका सबैलाई शिघ्र परीक्षण गराउन पनि अनुरोध गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ । आजमात्रै ४ हजार पाँच सय २४ जनामा संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

रिपोर्टस नेपाल: एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण