एमालेको केन्द्रीय कमिटी बैठकमा भाग लिन विष्णु रिजाल बालुवाटारमा


April 19, 2021 10:06 am

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल समूहका नेता विष्णु रिजाल भने सहभागी हुनुहुने भएको छ । उहाँ बैठकमा सहभागीका लागि बालुवाटार पुगिसक्नुभएको छ ।

यद्यपि माधव नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरू भने बैठकमा उपस्थिति नहुने बताइएको छ ।

आजको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले तयार पारेको स्थायी कमिटी सदस्यहरूको मनोनयनसम्बन्धि प्रस्ताव र पार्टी उपमहासचिव विष्णु पौडेलले तयार पारेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन सम्बन्धि प्रस्तावमाथि छलफल हुनेछ ।

यसका अतिरिक्त पार्टी अध्यक्षले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

नेपालीबहस: एमालेको केन्द्रीय कमिटी बैठकमा भाग लिन विष्णु रिजाल बालुवाटारमा