ऊर्जामन्त्री रायमाझी र एमाले नेता रिजाललाई कोरोना पुष्टि, प्रधानमन्त्रीलगायत ५० नेता कन्ट्याक्ट ट्रेसिङमा


April 27, 2021 8:29 pm

एमाले नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सो पार्टीका अर्का नेता विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजाल र रायमाझीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।  

सामाजिक सञ्जमलमार्फत रिजालले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहन आग्रह गरेका छन् ।  

यसअघि माधव नेपाल पक्षका भनेर चिनिएका रिजाल गत आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका थिए ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ५० भन्दा बढी नेता सहभागी थिए । मन्त्री रायमाझी र नेता रिजाललाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित पचासैजना कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

फरकधार: ऊर्जामन्त्री रायमाझी र एमाले नेता रिजाललाई कोरोना पुष्टि, प्रधानमन्त्रीलगायत ५० नेता कन्ट्याक्ट ट्रेसिङमा