अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होईन : रिजाल


April 3, 2021 10:16 am

काठमाडौं, २१ चैत्र । नेकपा (एमाले का प्रभावशाली नेता विष्णु रिजालले अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् । उनले भनेका छन्,–‘‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन । किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन ।’

उनले सरकार परिवर्तनको मुख्य खेलाडीको रुपमा जनता समाजवादी पार्टी, नेपाललाई चित्रण गरेका छन् । उनले भनेका छन्,‘बल जसपासँग छ र जसपा चाहिं प्रमसँग सघन सम्वादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछ: माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने! अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ?’

रिपोर्टस नेपाल: अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होईन : रिजाल