अहिलेका दुई विकल्पः कि दुई वर्ष ओली सरकारको निरन्तरता, कि मंसिरमा निर्वाचन– विष्णु रिजाल


March 23, 2021 2:05 pm

काठमाडौँ– नेपाल कम्युनष्टि पार्टी (एमाले) माधव नेपाल समूहका नेता विष्णु रिजालले अहिलको अवस्थामा दुईवटा मात्रै विकल्प रहेको बताएका छन्।

उनले अहिलेको अवस्थामा कि दुई वर्षसम्म केपी ओली नेतृत्वकै सरकारको निरन्तरता, कि आगामी मंसिरमा निर्वाचन गरी दुई मात्रै विकल्प रहेको टिप्पणी गरेका हुन्।

उनले मंगलबार दिउँसो ट्वीटरमा लेखेका छन्, ‘अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्ः १. प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता वा २. प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन।’

देश संचार: अहिलेका दुई विकल्पः कि दुई वर्ष ओली सरकारको निरन्तरता, कि मंसिरमा निर्वाचन– विष्णु रिजाल