अब राष्ट्रपति र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : विष्णु रिजाल


February 23, 2021 6:48 pm

नेकपाको प्रचण्ड-माधव नेपाल समूहका नेता विष्णु रिजालले संसद् पुनर्स्थापना गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।

सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

‘संसद् पुनर्स्थापना गरेर सर्वोच्च अदालतले हाम्रो संविधान जोगाएको छ । राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

शिलापत्र: अब राष्ट्रपति र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : विष्णु रिजाल