लिबियामा लम्बिदो लडाइ


June 23, 2011 2:21 pm
Nabayug


‘हामीसग एउटा मात्र छनौट छ । यो हाम्रो मुलुक हो र हामी अन्तिमसम्म यही“ बस्नेछौ“– मृत, जीवित वा विजेता । यसले कुनै फरक पार्दैन ।…हामी भाग्ने छैनौ“ । हामी आत्मसमर्पण गर्ने छैनौ“ । हामी यसलाई बेच्ने छैनौ“ । हामी मृत्युलाई स्वागत गर्दछौ“ । सहादत लाखौ“लाख गुणा उत्तम हुन्छ ।’


लिबियाली शासक कर्णेल मौमर गद्दाफीका शब्द हिजोआज यस्तै हुन्छन् ।
‘लिबियाली जनताले मार्च गर्नेछन्– पूर्वदेखि पश्चिमसम्म । …तिम्रा जहाजहरू यी लाखौ“लाखका मार्चहरू रोक्न सक्षम हुने छैनन् । …..हामी तिम्रा मिसाइल्सभन्दा बलिया छौ“, तिम्रा जहाजहरूभन्दा बलिया छौ“ र लिबियाली जनताको आवाज विस्फोटनभन्दा चर्को छ ।…’
लिबियाको आकाश धुवा“ले भरिएको छ । जनजीवन आतङ्कको छाया“मा छ । लिबिया दिनदिनै पड्किरहेको छ । विस्फोटनका आवाजले रात अनि“दो छ । त्रिपोली दिउ“सोभन्दा राती आतङ्कित छ । सा“झ पर्दै गर्दा सुरु हुने नाटोको हवाई आक्रमण अब त दिउ“सै हुन थालेको छ । युद्धक विमान आकाशमा उडिरहन्छन्, त्रिपोलीबासी आफ्नो मृत्य कुरिरहन्छन् । तर, गद्दाफीलाई यसले छोएको छैन । ४१ वर्ष लामो सत्ता उनका लागि सबैभन्दा प्यारो छ । त्यसको रक्षाका लागि उनी जति पनि मानिसलाई बलि चढाउन तयार छन् । र त, उनी उत्तेजक भाषण गर्दछन्, पश्चिमालाई धारेहात लगाउ“छन् र आफ्नो भूमिमा ध्वनित आवाज सुन्दैनन् ।


फ्रान्स, अमेरिका, बेलायत हवाइ लडाइ“को अग्रमोर्चामा छन् । नाटो नामक उनीहरूको इशारामा चल्ने संस्थालाई मोहरा बनाइएको छ । अफ्रिकी युनियनले पनि आक्रमणप्रति समर्थन जनाएको छ । र, एक्काईसौ“ शताब्दीमा अफगानिस्तान र इराकपछि अर्को मुलुक हेर्दाहेर्दै विदेशी आक्रमणको निशासा बनेको छ । अहिलेसम्म कति मानिस मरे, लेखाजोखा छैन । त्यो सङ्ख्या हजारौ“भन्दा कम छैन । विदेशी पत्रकारसम्म मारिएका छन् ।


गद्दाफी बाब–अल अजिजिया कम्पाउन्डमा बस्छन् । यो कम्पाउन्ड अहिले आक्रमणको निशाना बनेको छ । गद्दाफीको विगत हेर्दा उनी बरु मारिएलान् तर लिबिया छोड्ने छा“ट देखि“दैन । वरिपरि महिला सुरक्षाकर्मीले घेरिइरहने दुई श्रीमती, सात छोरा र एक छोरीका धनी गद्दाफीले हवाइ आक्रमणबाट ३० अप्रिलमा एक छोरा सैफ अल अरब गद्दाफी गुमाइसकेका छन् । तर, उनले मिस्राटामाथि हवाइ आक्रमण गर्न छोडेका छैनन् ।


विदेशी सञ्चारमाध्यमहरू भन्छन्– राजधानी त्रिपोली सुनसान छ । विदेशीहरू घर फर्किएका छन्, स्वदेशीको जागिर गुमेको छ । बाहिरबाट बस्तु जान बन्द भएको छ । सहर खण्डहर बन्दैछ । सरकारी जागिरमा रहेकाहरू छोड्न चाहन्छन् । तर, उनीहरूलाई त्यो अनुमति छैन । बीबीसीले आफ्नो वेबसाइटमा थुप्रै सरकारी अधिकारीस“ग गरेको कुराकानीमा आधारित रिपोर्टमा भनेको छ– ‘लाग्छ– त्रिपोली ठूलो जेल बनेको छ । हेर्दा मानिसहरू स्वतन्त्र देखिन्छन् । तर, उनीहरूले त्यहा“ कुनै स्वतन्त्रता उपयोग गर्न पाएका छैनन् । खाद्यान्न सकि“दैछ, अरू सामग्री सकि“दैछ । त्रिपोली आसन्न सङ्कटको सम्मुख छ ।’


लिबिया छोड्नेहरू विदेशी मात्र छैनन् । विदेशमन्त्रीले देश छोडेका छन्, कानुनमन्त्रीले देश छोडेका छन्, श्रममन्त्री बेन्घाजीमा सामेल भएका छन्, केन्द्रीय तेल कम्पनीका प्रमुख बाहिरिएका छन् । राष्ट्रसङ्घस्थित राजदूतले साथ छोडेका छन् । आफ्नै मित्रहरूले पनि गद्दाफीविरुद्ध औ“ला उठाउ“दा उनी क्रमशः एक्लि“दै छन् । तर, उनले उत्तेजक भाषण गर्न छोडेका छैनन् । हुन त विश्लेषकहरू यो पनि भन्छन्, ‘यस्ता भाषण उनको निराशाका अभिव्यक्ति हुन् ।’


शासकहरू जनताको आवाज सुन्दैनन् । उनीहरू सुरक्षाको ठूलो घेराभित्र बस्छन् । तर, भित्रभित्रै जनता बलिरहेका हुन्छन् । गद्दाफी अपवाद छैनन्, लिबिया अपवाद छैन । तर, अपवाद छुट्टै छ– सडकमा निस्केका जनताका हातमा पनि बन्दुक छन्, उनीहरूस“ग पनि बख्तरबन्द गाडी छन्, मिसाइल छन् । आखिर यो सब भयो कसरी ? भयो मात्र होइन, भइरहेको छ । कारण स्पष्ट छ– उनीहरूलाई हतियार दिइएको छ । यदि ट्युनिसिया र इजिप्टजस्तै शान्तिपूर्ण सङ्घर्ष भएको भए अहिलेसम्म परिणाम आइसक्थ्यो होला । तर, कथा भिन्नै छ– अमेरिकास“ग प्रजातन्त्रका परिभाषाका फरक–फरक शब्दकोषहरू छन् । तिनबाट आफूलाई चाहिने अर्थ निकालेर अमेरिकाले दिने गर्दछ । यमनका लागि प्रजातन्त्र एउटा छ, लिबियाका लागि अर्कै छ । यही भएरै त्यहा“को आन्दोलन लम्बिएको छ ।


गद्दाफीको निरङ्कुशता क्षम्य छैन, स्वीकार्य छैन । किनभने, उनको शासनमा दल छैनन्, विरोधी छैनन् । चुनाव हु“दैन, नेतृत्व छानि“दैन । सन् १९६९ सेप्टेम्बर १ मा रक्तपातविहीन ‘कु’ बाट शासन हातमा लिएपछि उनी अनवरत सत्तामा छन् । सन् १९७५ मा ‘ग्रिनबुक’ नामक ‘बाइबल’ लेखेर उनले त्यसैका आधारमा शासन चलाएका छन् । आफ्नो दर्शनलाई पु“जीवाद र साम्यवादको सम्मिश्रण दाबी गर्ने गद्दाफी जुन बाटोबाट सत्तामा आएका थिए, त्यही बाटोबाट जाने तयारीमा छन् ।


अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले गद्दाफी, उनका छोरा सैफ–अल इस्लाम र गुप्तचर प्रमुख अब्दुल्लाह सानुसीमाथि पक्राउ आदेश जारी गरेको छ । नाटोले सक्दासम्म उनीहरूलाई पक्राउ गर्नेछ । अहिलेसम्म जतिसुकै आक्रमण गरे पनि नाटोले भनेको छ, ‘गद्दाफीमाथि व्यक्तिगत आक्रमण गर्ने योजना छैन ।’ तर, यसमा विश्वास गर्न सकिने आधार छैन । किनभने, अघिल्लो महिना गद्दाफीलाई सम्झाउन सकिन्छ कि भनेर आएका दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमालाई स्वागत गरिएको कक्ष पनि हवाइ आक्रमणबाट ध्वस्त पारिएको छ । गद्दाफी बस्ने कम्पाउन्डभित्रका कम्तीमा सातवटा घर ध्वस्त भइसकेका छन् । त्यही कम्पाउन्डमा दर्जनौ“को ज्यान गइसकेको छ । त्रिपालमुनि बस्ने गद्दाफी कुनै पनि दिन निशाना बन्न सक्छन् ।


गद्दाफीलाई सत्ता छोड्न अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घ, अफ्रिकी युनियन र अरब लिगले मात्र होइन, उनका अनन्य मित्रहरूले पनि यस्तै सुझाव दिने गरेका छन् । टर्कीका प्रधानमन्त्री रिसिप टिप इन्डागोनले भनेका छन्, ‘गद्दाफीलाई पूर्ण सुरक्षाको प्रत्याभूति हामी गर्छौं, उनलाई उचित बसोबासको व्यवस्था हामी गर्छौं ।’ अहिले उनलाई कुनै मुद्दा लगाइनेछैन र सुरक्षित शरण दिइनेछ भनेर विभिन्न मुलुकहरूले फकाइरहेका छन् । साउदी अरेबियामा बसेर अरब लिगले तयार पारेको योजना पनि गद्दाफीले स्वीकार गरेनन्, जसमा उनको सहज बहिर्गमनको योजना थियो ।


लगातारको आक्रमणबाट पनि पश्चिमले विजय पाउन पाएका छैन । ‘लाखौ“ सर्वसाधारणको ज्यान बचाउन सक्षम भयौ“’ भनेर अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने पनि लडाइ“ कसरी टुङ्गिन्छ भन्ने उत्तर उनीस“ग समेत छैन । पश्चिमा सञ्चारमाध्यमहरूले नै प्रश्न गर्न थालेका छन्– लडाइ“ के का लागि ? सफलता नै पायो भने पनि त्यो के हुनेछ ? ‘तपाईंले देखिरहनुभएको छ– देशभरिबाटै गद्दाफीका सेनालाई पछि हटाइएको छ र नागरिकको ज्यान सुरक्षित गरिएको छ’, गत महिना जर्मन चान्सलर एन्जेला मार्कलस“गको भेटपछि ओबामाले भनेका थिए– ‘म ठान्दछु– यो गद्दाफी बिदाइ हुनुभन्दा पहिलेको समयको काम हो ।’ तर, उनले यस्तो भनेको पनि तीन साता बितेको छ । परिणाम यस्तै छ । अफ्रिकी सङ्घका तर्फबाट लिबिया मामिलासम्बन्धी प्यानल प्रमुख बनाइएका मौरिटानियाका राष्ट्रपति मोहम्मद उल्ड अब्देल अजिज भन्छन््, ‘अब गद्दाफीको जाने समय अनिवार्य भयो । जे हुन्छ, त्यहा“ वार्ताद्वारा समाधान निस्किनेछ । जुनसुकै हदमा पनि गद्दाफीले अब लिबियाको नेतृत्व गर्न सक्दैनन् ।’
सिङ्गो अफ्रिकामा गद्दाफीको प्रभाव कम थिएन । उनी हाकाकाकी आफूलाई ‘राजाहरूको राजा’ भन्न पछि पर्दैनथे । जस्तो– २००९ को मार्चमा अरब लिग समिटलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘म एक अन्तर्राष्ट्रय नेता हु“, अरब शासकहरूको डिन हु“, अफ्रिकाका राजाहरूको राजा हु“ र मुस्लिमहरूको इमाम हु“ । र, मेरो अन्तर्राष्ट्रिय स्तरले मलाई तल्लो तहमा ओर्लिने अनुमति दि“दैन ।’


गद्दाफीको यस घमन्डमा अहिले पनि परिवर्तन आएको छैन । भन्नेहरू धेरै छन्, अनेक भन्छन् । तर, गद्दाफीले गद्दी छोड्ने सङ्केत देखाएका छैनन् । फेब्रुअरी १६ बाट शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनको रूप पूरै बदलिएको छ । बेन्घाजी विद्रोहीको नियन्त्रणमा छ । विदेशीहरू त्रिपोलीको साटो बेन्घाजी पुग्छन् । विद्रोहीलाई धमाधम सहयोग भइरहेको छ । तेलको खानी त्यही“ छ । तेल व्यापार फस्टाएको छ । विदेशमा रहेका लिबियालीहरू पनि त्यहीं पुग्छन् र आन्दोलनमा ऐक्यबद्धता जनाउ“छन् । गद्दाफी क्रमशः निरीह बन्दै गएका छन् । आफ्ना कान्छा छोरा र तीन नातिको मृत्यु टुलुटुलु हेर्न उनी विवश भए । उनको आदेशबिना पात पनि नहल्लिने लिबियाले अहिले स्वतन्त्रताको पखेटा उचालिरहेको छ र उनी त्यही पखेटा काट्न लागिपरेका छन् ।


गद्दाफी एक्लिदै छन् । सुरुमा नेटो कारवाहीको विपक्षमा रहेको जर्मनीले पनि विद्रोही सरकारलाई मान्यता दिएको छ । यसबाट विद्रोही सत्तालाई समर्थन गर्ने राष्ट्रहरुको सङ्ख्या दर्जन पुगेको छ । पहिलेदेखि नै पक्षमा रहेका फ्रान्स, बेलायत र अमेरिकामात्र होइन, अरब राष्ट्रहरुले पनि विद्रोही सत्तासँग कुटनीतिक सम्बन्ध स्थापना गर्दा गद्दाफी थप सङ्कटमा परेका छन् ।


तर कर्णेल गद्दाफी नै यस्ता शासक देखिएका छन्, जसमा निरोका प्रतिविम्बहरु पाइन्छन् । भनिन्छ– रोम जलिरह“दा निरोले बा“सुरी बजाइरहेका थिए । ठीक आज त्यस्तै दृश्य लिवियामा देखिएको छ । लिविया जलिरह“दा गद्दाफी चेस खेल्न व्यस्त छन् । गत साता महत्वका साथ सार्वजनिक गरिएको एक तस्वीरमा उनी ध्यानपूर्वक चेस खेल्न व्यस्त देखिन्छन् । थाहा छैन– जनताको उर्लंदो आन्दोलनसामू चेस खेलका गोटीको सहारामा गद्दाफी कति दिन ध्यान मोड्न सक्छन् ।
नवयुग, असार २०६८