जनता नाच्छन् तानाशाहको विदाइमा


February 23, 2011 2:26 pm
Nabayug

जब ट्युनिसियामा आन्दोलन सुरु भयो, धेरैजसो विज्ञहरू (मसहित) ले भने, ‘लामो समयका बलिया शासक राष्ट्रपति बेन अलिले यसलाई दमन गर्नेछन् र आफ्नो शासन जारी राख्नेछन् ।’


जब उनले अचानकमा मुलुक छोडे र आन्दोलन इजिप्टतर्फ फैलियो, धेरैजसो विज्ञहरू (मसहित) ले फेरि भने, ‘इजिप्ट ट्युनिसिया होइन र मुलुकका लामो समयका बलिया शासक राष्ट्रपति होस्नी मुबारकले यसलाई दमन गर्नेछन् र आफ्नो शासन जारी राख्नेछन् ।’


‘हामी कति गलत थियौ“’ शीर्षकमा वासिङ्टन डीसीस्थित विड्रो विल्सन सेन्टरका सार्वजनिक नीति विश्लेषक रोजर हार्डीले गरेको यो टिप्पणी उनको मात्र थिएन । ३० वर्षदेखि आपतकालीन कानून लगाएर इजिप्टमा एकछत्र शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारकले सजिलै सत्ता छोड्लान् भन्ने अनुमान स्वयम् आन्दोलनकारीले पनि गरेका थिएनन् । तर, इजिप्टमा त्यही भयो, जुन संसारभरका शान्तिपूर्ण आन्दोलनहरूमा हुने गर्दछ । अर्थात् जनताको शान्तिपूर्ण आन्दोलनका अगाडि तानाशाह मुबारकले १८ दिनमा घु“डा टेके । २०११ फेब्रुअरी ११ मा उनले सत्ता छोडेको घोषणा उपराष्ट्रपति ओमर सुलेमनले सरकारी टेलिभिजनमार्फत गरेपछि इजिप्टमा सङ्कटको समाधान भएको छ ।


जनता नाचिरहेका छन् । सडकमा फोहोर थुप्रिएको छ । गाडी चलेका छैनन् । तर, जनतालाई त्यसको पर्वाह छैन । हातमा इजिप्टका झन्डा छन्, मुखमा स्वतन्त्रताका नारा छन्, आ“खामा परिवर्तनका सपना छन् । उनीहरू भन्दैछन्, ‘तानाशाहलाई घु“डा टेकायौं ।’


‘म मेरा सन्तानलाई भन्नेछु– हामीले यो क्रान्ति सम्भव बनायौ“’– यो भनाइ हो ताहिरिर चोकमा १८ दिनदेखि अविचलित बसिरहेका प्रदर्शनकारी गिगी इब्राहिमको । बीबीसीस“ग उनी भन्छन्, ‘अब हामी उनलाई मुबारक (शुभकामना) भन्ने छैनौ“ । हामीले उनलाई सधै“का लागि विदा गरेका छौ“ ।’
शान्तिपूर्ण आन्दोलन १८ दिनसम्म इजिप्टमा चलेको आन्दोलनले हिंसात्मक रूप नलिनु नै यसको मुख्य शक्ति थियो भन्नेमा विश्लेषकहरू एकमत छन् । राजधानी कायरोस्थित ताहरिर चोक र वरपर जम्मा भएका लाखौ“ मानिसका हातमा कुनै इतिहार थिएन । तीन दशकसम्म बन्द अवस्थामा रहेको इजिप्टमा उनीहरूले पहिलो पटक मुक्तकण्ठले स्वतन्त्रताको नारा लगाएका थिए । अन्ततः त्यही नै उनीहरूका लागि सफलताको सूत्र बन्यो । आन्दोलन हिंसात्मक बन्ला र त्यही निहु“मा दमन गरु“ला भन्ने मुबारकको चाहनालाई आन्दोलनकारीहरूले पूरा हुन दिएनन् । करिब पा“च वर्षअघि नेपालमा जस्तै त्यहा“ पनि आन्दोलनकारीले गीत गाएका थिए, सांस्कृतिक महोत्सव गरेका थिए । उनीहरूले आफ्नो सडकलाई नै आफ्नो घर बनाएका थिए । सडक खाली थिएन । जताततै पाल टा“गेर उनीहरू सुत्थे, त्यही“ खान्थे ।


रमाइलो कुरा– यो आन्दोलन कुनै बलियो राजनीतिक शक्तिले आह्वान गरेर भएको थिएन । मुस्लिम ब्रदरहुड नामक विपक्षी समूहले यसको जस लिन खोजे पनि निकास उसले भने अनुसारको दिशामा नजानुले यो आन्दोलन उसको मात्र आयोजना र नियन्त्रणमा थिएन भन्ने नै देखिन्छ ।
तानाशाहीले सीमा नाघेपछि जनता स्वतःस्फूर्त रूपमा सडकमा निस्किएका थिए । इन्टरनेट प्रयोगकर्ता युवाहरूले आन्दोलनलाई नया“ उचाइमा पु¥याएकोमा इजिप्टमा प्रशंसा भइरहेको छ ।


‘युवाहरू के चाहन्छन् भन्ने यसबाट देखिएको छ …युवाहरूले जिते …युवाहरू अगाडि छन् …युवाहरू शान्ति चाहन्छन्… युवाहरू इजिप्टमा स्थायित्व चाहन्छन् …युवाहरू रोजगारी चाहन्छ्न् …। अहिले ट्वीटर होस् वा फेसबुक, इजिप्टको आन्दोलनका बारेमा यस्तै भनाइहरूले भरिएका छन् । राष्ट्रपति, सरकारी नियोग र विदेशी कुटनीतिज्ञको आलोचना गर्दा मृत्युदण्डसम्मको सजाय हुनसक्ने कठोर कानुन रहेको मुलुकमा प्रविधिको प्रयोगले ल्याएको यो नया“ क्रान्ति हो भन्दा अत्युक्ति हुनेछैन ।


परिवर्तन अग्रगामी होला ?
मुबारकले राजीनामा दिएपछि इजिप्टको सत्ता उच्च सैनिक परिषद् अर्थात् सेनाको हातमा पुगेको छ । सेनाले मुबारकका समर्थकहरूको बहुमत रहेको संसद् विघटन गरेको छ, संविधान निलम्बन गरेको छ । ‘छ महिना वा अर्को चुनाव नभएसम्मका लागि’ सेनाले सत्ता आफ्नो हातमा रहने घोषणा गरेको छ । तर, प्रदर्शनकारीहरू अझै आश्वस्त हुनसकेका छैनन् । ताहिरिर चोक खाली गर्न सेनाले गरेको प्रयास सफल भए पनि प्रदर्शनकारीहरू अझै घर फर्किन नमान्नुले उनीहरूको मनमा रहेको आशङ्कालाई अभिव्यक्त गर्दछ ।


सन् १९२० मा स्थापित मुस्लिम ब्रदरहुडप्रति पनि मानिसहरूमा त्यति ठूलो विश्वास रहेको देखि“दैन । राजनीतिक सुधार र समाजसेवालाई स“गस“गै लैजाने घोषित उद्देश्य बोकेको ब्रदरहुडको मूल नारा नै ‘मुस्लिम नै समाधान हो’ भन्ने रहेको छ । इस्लामी अतिवादस“ग लडेका कारण पश्चिमाहरूको राम्रो समर्थन पाउन सफल मुबारकको सत्ता ढल्नु एउटा कुरा हो । तर, त्यसको विकल्पमा सैनिक शासन वा अर्को कुनै अतिवादी शासन ल्याउने अवश्य पनि जनताको अपेक्षा होइन । संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण नियोगका प्रमुख रहिसकेका नोबेल पुरस्कार विजेता मोहम्मद अल बारादेईको यस भनाइले इजिप्टको मनोविज्ञानलाई उजागर गर्दछ, ‘इजिप्टका जनता अर्को व्यक्तिले मुबारकलाई प्रतिस्थापन गर्न तयार छन् भन्ने मलाई लाग्दैन । हामी एउटा संस्थामा आधारित मुलुक चाहन्छौ“ ।’


उच्च सैन्य परिषद्ले सत्ता हातमा लिए पनि मुबारक मन्त्रिपरिषद्का अधिकांश सदस्य यथावत् रहने बताइएको छ । छोटो समयका लागि मन्त्रीहरू परिवर्तन गर्नुभन्दा एउटा आयोगमार्फत संविधान बनाउने, त्यस संविधानलाई जनमतसङ्ग्रहमार्फत अनुमोदन गराउने, जनअनुमोदित संविधानअनुसार निर्वाचन गराउने र निर्वाचित नेतृत्वलाई सत्ता सुम्पिने मार्गचित्र सेनाले अघि सारेको छ । विपक्षीलाई पूर्णतः दमन गरेका कारण कुनै पनि भरपर्दो शक्ति विकास नभएका बेला सेनाले यस्तो मार्गचित्रसहित जनतालाई आश्वस्त पार्नुलाई बाध्यात्मक मानिए पनि सत्ताको स्वाद लिएपछि सेनाले सजिलै छोड्छ वा छोड्दैन भन्नेमा भने अझै शङ्का छ । त्यसैले होला, अझैसम्म घर फर्किनसेकका प्रदर्शनकारीहरूले ‘मुबारक सत्ता छोड’ भन्ने नाराका ठाउ“मा ‘प्रजातन्त्र बहाली गर, हामी फेरि पनि सडकमा आउनेछौ“’ भन्ने प्लेकार्ड बोकिरहेका छन् । सेनाको बलियो साथ नपाएका कारण मुबारकले सत्ता छोड्नुपरेको यथार्थ बुझेका कारण पनि जनमानसमा सेनाप्रति सकारात्मक धारणा छ ।


मुबारकको बहिर्गमनप्रति इजिप्टमा खुसियाली त छाएको छ नै, विश्वले नै त्यस खुसीमा साथ दिएको छ । ठूलो रक्तपातबिना जनआन्दोलन सफल भएकोमा विश्वका राजनेताहरूले उनको प्रशंसा पनि गरेका छन् ।


३० वर्ष शासन मुबारक कुनै वैधानिक निर्वाचनबाट सत्तामा आएका थिएनन् । सन् १९८१ मा तत्कालीन राष्ट्रपति अनवर सदातको इस्लामिक अतिवादीहरूद्वारा हत्या गर्दा छेउमै बसिरहेका उपराष्ट्रपति मुबारक त्यसको आठ दिनपछि १४ अक्टोबर, १९८१ मा पहिलो पटक राष्ट्रपति बनेका थिए । अहिलेसम्म चारपटक निर्वाचन जितिसकेका मुबारकले ती चुनावमा कसैस“ग प्रतिस्पर्धा गर्नुपरेन । पछिल्लोपटक सन् २००५ मा सम्पन्न निर्वाचनमा पनि बलियो मानिने मुस्लिम ब्रदरहुडलाई उम्मेदवारी दिनबाट बञ्चित गरेर उनी राष्ट्रपति बनेका थिए । आगामी सेप्टेम्बरमा पा“चौ“पटक राष्ट्रपति हुन लागेका मुबारकले विरोध बढ्दै गएपछि चुनाव नलड्ने घोषणा गरेका थिए ।


आफ्नो सत्ता बचाउनका लागि मुबारकले कडा कानुनहरू तर्जुमा गरेका थिए । अर्थनीतिमा तुलनात्मक रूपमा ‘उदार’ मानिने मुबारकको मुख्य नारा ‘इस्लामिक अतिवादीहरूस“ग लड्नु’ थियो, जबकि उनी आफै“ कम अतिवादी थिएनन् । उनले आफू राष्ट्रपति हु“दा ३० वर्षसम्म उपराष्ट्रपति नै राखेनन् । विरोध बढ्दै गएपछि भर्खर २९ जनवरीमा गुप्तचर विभाग प्रमुख ओमर सुलेमानलाई उपराष्ट्रपति नियुक्त गरेका थिए । आफ्ना ४० वर्षीय छोरा जमाल मुबारकलाई उत्तराधिकारी बनाउने तयारी स्वरूप उनले आफूपछि कुनै पनि नेतालाई अघि नबढाएको विपक्षीहरूको अनुमानलाई गलत भन्ने आधार भेटि“दैन ।


मुबारकको कार्यकालभरि राजनीतिक गतिविधिमा पूर्णतः बन्देज लागिरह“दा प्राचीन रूपमा प्रख्यात इजिप्ट दुनिया“का लागि बन्द रहिरह्यो । बेरोजगारीले नागरिकलाई कति आक्रोशित बनाएको रहेछ भन्ने त आन्दोलनमा उनीहरूले देखाएको सहभागिताबाटै थाहा पाउन सकिन्छ ।
मुबारक इजिप्टमै प्रायः तानाशाहहरू राजीनामा दिएपछि विदेश पलायन हुन्छन् । छिमेकी ट्युनिसियाका राष्ट्रपति बेन अलीले एक महिनाअघि अवलम्बन गरेको मार्ग मुबारकले पछ्याएनन् । उनी राजधानी कायरोबाट टाढा रहेको शार्म–अल–शेखमा रहेको आफ्नो भव्य घरमा पुगेका छन्।

मुबारकले फेब्रुअरी १ मा देशबासीका नाममा गरेको अन्तिम सम्बोधनमा भनेका थिए– ‘यो प्रिय मुलुक….जहा“ म बस्छु । यसका लागि मैले लडे“ र यसको माटो, सार्वभौमिकता र हितलाई मैले जोगाए“ । म यसकै माटोमा मर्नेछु । इतिहासले मेरो मूल्याङ्कन गर्नेछ, जसरी अरूको गरेको छ ।’
यसबाट पनि के देखिन्छ भने उनी भागेर बाहिर जाने छैनन् । जनता सहनशील हुन्छन् । सम्भवतः ८२ वर्षीय यी वृद्धले सत्ता छोडेकोमा धन्यवाद दि“दै इजिप्टका जनताले उनलाई आफ्नै देशमा बस्न दिनेछन् ।


नवयुग, फागुन २०६७