समग्र पर्यटन क्षेत्रको दिग्दर्शन


May 1, 2018 2:03 pm

विकास र समृद्धिको आकांक्षा तीब्र रुपमा चुलिएको बेला त्यसलाई मूर्त रुप दिने एक प्रमुख क्षेत्रका रुपमा नेपालको पर्यटन छ । पर्यटन क्षेत्रमा विद्यमान सम्भावनाहरूका बारेमा सरोकारवाला सरकारी र गैरसरकारी सबै क्षेत्रबाट लामो समयदेखि चर्चा भइरहेको छ । यही विषयलाई व्यवस्थित रुपमा एउटै ठाउ“मा स“गालेर अध्येता, निर्णयकर्तादेखि कार्यान्वयनकर्तासम्मका लागि पुस्तक तयार भएको छ– ‘नेपालमा पर्यटन: विकास र समृद्धिको आधार’ । आफूले छानेका विषयमा गहिराइमै पुगेर अध्ययन गर्ने र त्यही अनुसार लेख्ने पहिचान बनाइसक्नुभएका तत्कालीन नेकपा (एमाले) का पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाको सम्पादन रहेको प्रस्तुत पुस्तक पर्यटन क्षेत्रका लागि दिग्दर्शनका रुपमा सार्वजनिक भएको छ । पार्टीको पर्यटन प्रबद्र्धन विभागले विषयवस्तुमा केन्द्रित भएर यति गहन पुस्तक प्रकाशन गर्नु प्रशंसनीय काम हो । पर्यटन क्षेत्रको समग्र समीक्षा र दिशानिर्देश गर्ने हिसावले पुस्तक उदाहरणीय छ ।


हामीस“ग जे छ, त्यसका आधारमा नै हामीले मुलुकको विकास गर्ने हो, मुलुकलाई समृद्ध बनाउने हो । हु“दै नभएका विषयमा कल्पना गरेर समय खेर फाल्नुको साटो जे विषयमा सम्भव छ, सरकारले पनि त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ । पर्यटन त्यस्तै प्रशस्त सम्भावना भएको क्षेत्र हो भन्ने कुरा पुस्तक अध्ययन गर्दा स्पष्ट हुन्छ । पर्यटनको विकास गर्नुपर्छ भनेर सतही कुरा गरेर हु“दैन, त्यसका लागि के के गर्नुपर्छ र सम्भावनाका क्षेत्रहरू के के हुन् भन्ने कुरा पुस्तकले पस्केको छ ।


पर्यटन क्षेत्र धेरै ससाना क्षेत्रहरू मिलेर बनेको छ । भरियादेखि ट्राभल एजेन्सीसम्मको अवस्था के छ र तिनमा कसरी सुधार गरेर अघि बढ्न सकिन्छ भन्ने लेखाजोखा पुस्तकमा छ । आन्तरिक र बाह्य दुबै पर्यटनको उत्तिकै महत्व छ भन्ने कुरालाई उजागर गर्दै विश्वका ठूला मुलुकहरू पर्यटन व्यवसायबाट कसरी प्रगतिमा पुगे र हामीले त्यसबाट कसरी सिक्न सक्छौ“ भन्ने कुराको ऐना पुस्तकमा समावेश छ ।


नीतिनिर्माण तहमा बसेकाहरूको पर्यटन क्षेत्रका बारेमा के सोच छ र अब पर्यटन क्षेत्रले कसरी गति पाउ“छ भन्ने समग्र जानकारी पुस्तकले बोकेको छ । नेकपा (एमाले) को पर्यटन प्रबद्र्धन विभागले प्रकाशन गरेका कारण धेरैजसो रचनाहरू यही कोणबाट लेखिनु अस्वाभाविक भएन । एमालेका तर्फबाट पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरूका दृष्टिकोण, उहा“हरूले गरेका काम र तिनको प्रभावका बारेमा स्वयम् उहा“हरूकै लेखनबाट पाठकले थाहा पाउ“छन् । यसबाट कसका पालामा के कति काम भएछन् भनेर तुलनात्मक रुपमा जान्नका लागि पाठकलाई सुविधा प्राप्त हुन्छ । भीम रावल, यामलाल क“डेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, कृपासुर शेर्पा, दीपक अमात्य र आनन्द पोखरेलले विभिन्न कालखण्डमा पर्यटनमन्त्री हु“दा के के गर्नुभएको रहेछ भनेर फेहरिस्त पुस्तकमा छ ।


पुस्तक मसिनो गरी पर्यटन प्रबद्र्धनमा केन्द्रित छ । उदाहरणका लागि– अहिले सातै प्रदेशमा सरकार बनेका छन् । तिनीहरूले पनि पर्यटन प्रबद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पुस्तकमा चाहि“ पर्यटन क्षेत्रमा सम्बद्ध व्यवसायीदेखि विज्ञसम्मलाई राखेर निर्माण गरिएका प्रत्येक प्रदेशका पर्यटनका सम्भावनाहरूका बारेमा विस्तृत र अनुसन्धानमुलक रचनाहरू छन् । हाम्रो समग्र पर्यटनको चित्र उतार्नका लागि यस्ता ठोस विषयहरूले ठूलो मद्दत गर्दछन् । क्रमशः तेजबहादुर ढकाल, डा. विजयकुमार दत्त, आनन्दप्रसाद पोखरेल र विनय शाक्य, रविन्द्र अधिकारी, प्रा.डा. गितु गिरी, डा. कविप्रसाद पोखरेल र रामेश्वर भट्टंंराईले सातै प्रदेशका पर्यटनका सम्भावना, चुनौती र समाधानका उपायहरूका बारेमा वस्तुनिष्ट विवेचना गर्नुभएको छ ।


पर्यटन क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका यसका मर्मज्ञहरूका मन छुने रचनाहरू पुस्तकमा छन् । यसो लेखिहालौ“ न त भनेर होइन, आफ्नो लगावका रुपमा रहेको पर्यटन क्षेत्रप्रतिको उनीहरूको स्नेह र दायित्व शब्दहरूमार्फत राम्ररी अभिव्यक्त भएको छ । विषय विज्ञहरूको अनुभव, उनीहरूका सुझाव र सिफारिशहरू मननयोग्य र सान्दर्भिक छन् ।


मुख्य कुरा पर्यटन क्षेत्रमा लागेका व्यक्तित्वहरूका अनुभव, आकांक्षा र आवश्यकताहरूमा पुस्तकले ध्यान दिएको छ । का“डा कहा“ बिझेको छ, खुट्टालाई मात्र थाहा हुन्छ । पर्यटन क्षेत्रका सस्मया के हुन् र तिनको समाधानका लागि के गर्नुपर्छ भनेर गरिएका हजारौ“ अनुसन्धानहरूभन्दा त्यसको गहिराइमा डुबेको एउटा व्यवसायीको अनुभव बढी वास्तविक हुन्छ । पुस्तकमा व्यवसायीहरूले आफ्ना पीरमर्का र तिनको उपचारका लागि सम्भावित उपायहरूका बारेमा खुलेर लेखेका छन् ।


पर्यटन क्षेत्रको विकासका लागि नेकपा (एमाले) का चुनावी घोषणापत्रमा उल्लेख भएका विषयहरू पुस्तकमा समेटिएको छ । यसले गर्दा राज्य चलाउने पार्टीको पर्यटनसम्बन्धी दृष्टिकोण कस्तो रहेछ भनेर बुझ्न मद्दत गर्दछ । साथै, एमालेका नेताहरू अर्थमन्त्री हु“दा बजेटमा पर्यटनस“ग सम्बन्धित के कस्ता घोषणाहरू भए भनेर पनि जस्ताको जस्तै राखिएको छ । भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले प्रस्तुत गरेका बजेटका अंशहरू उधृत गरिएको छ ।


नेपालमा पर्यटनलाई सबैको ध्यानाकर्षणको विषय बनाउने काम चाहि“ पर्यटनसम्बद्ध संस्थाहरूले गरेका हुन् भन्दा अत्युक्ति हु“दैन । आ–आफ्नो क्षेत्रका विषयमा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने, आफ्नो सामुदायिक हितका लागि काम गर्ने र पर्यटन प्रबद्र्धन गरेर व्यवसाय पनि चलाउने यी संगठनको कामबाट वास्तवमा राज्यको ध्यानाकर्षण भएको पाइन्छ । उदाहरणका लागि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन हु“दैनथ्यो भने नेकपा (एमाले) लाई यस क्षेत्रको बारेमा यति धेरै कुरा थाहा नहुन पनि सक्थ्यो । त्यसैमा जीवनअर्पण गरेका मानिसहरूले पार्टीलाई पनि सही सल्लाह दिन्छन् र पार्टीले नीति बनाउन मद्दत पुग्छ भन्ने उदाहरण यो संगठन बनेको छ । यो र यस्तै संस्थामा संलग्न अगुवाहरू चन्द्रप्रसाद रिजाल, सीएन पाण्डे, सन्तवीर लामा, अमरमान शाक्य, सुनील शाक्य, नानीकाजी थापा र अनिल लामाले आफ्नो ‘एक्टिभिज्म’का बारेमा पुस्तकमा सिलसिलेवार रुपमा प्रस्तुत गर्नुभएको छ ।


नेपालको पर्यटनका सम्भावनाहरू के के हुन् ? पर्यटन भनेको विदेशी आउने, हिमाल चढ्ने अनि ‘हेलो, हाउ आर यु’ भन्दै फर्किने काम मात्र होइन भन्ने विवरण पुस्तकले पस्केको छ । पर्यटनका सम्भावित क्षेत्र र पछिल्लो चरणमा यसले हाम्रो जनजीवनमा पारेका प्रभावहरूका बारेमा प्रकाश पार्न पुस्तक सफल छ । पछिल्लो दिनमा नेपालमा लोकप्रिय हु“दै गएको होम स्टेको सफल उदाहरणको अन्तरकथा पुस्तकमा पस्किइएको छ । स्याङ्जाको सिरुबारी होम स्टे कसरी स्थापना भयो र त्यसैका कारण त्यहा“को जनजीवन कसरी परिवर्तन भयो भन्ने उदाहरण हाम्रा धेरै गाउ“हरूका लागि अनुकरणीय हुन सक्छ । त्यसैगरी, धेरै हिसाबले दुर्गम र विकट रहेको कर्णाली प्रदेशको उत्थानका लागि रारा तालसम्मको यात्रा त्यहा“को तस्वीर बदल्ने मेरुदण्ड बन्न सक्छ भन्नेतर्फ पनि पुस्तकले ध्यानाकर्षण गराएको छ ।


पर्यटनले अहिले विश्वको अर्थतन्त्रमा के कस्तो प्रभाव पारेको छ र नेपालमा त्यसको कस्तो प्रभाव छ भन्ने बारेमा पुस्तकमा प्रभावकारी रुपमा समीक्षा गरिएको छ । विश्वका अर्थतन्त्रहरूमा पर्यटनले बढाउ“दै लगेको हिस्सेदारीको आलोकमा नेपालमा कसरी त्यसलाई बढाउन सकिन्छ भनेर चिनिएका अर्थशास्त्रीहरूले मन्थन गर्नुभएको छ । हालका अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीका साथै प्रा.डा. पुष्पराज क“डेल, डा. प्रेम शर्मा, डा. रमेश पौडेल, डा. गोविन्दबहादुर थापा, डा. दिनेशचन्द्र देवकोटा, डा. डिल्लीराज खनाल, डा. गोविन्द नेपाल, डा. चन्द्रमणि अधिकारी, प्रा.डा. रुद्रप्रसाद नेपाल, डा. धीरेन्द्रप्रसाद कोइराला, डा. बुद्धिनारायण श्रेष्ठ, प्रा.डा. गणेशमान गुरुङ, डा. आलोक प्रसाई, डा. दीपक अर्याल र डा. सागर न्यौपानेका रचनाहरू विषय र तथ्यांकमा आधारित छन् । नेपालको पर्यटनले अर्थतन्त्रमा कस्तो योगदान लिन सक्छ भन्नेबारेमा विभिन्न कोणबाट लेखिएका यी लेखकहरू गहन छन् ।


पुस्तकको राम्रो विशेषता भनेको खारिएका र सम्पादित विषयहरू समेटिएका छन् । प्रायः लेख–रचनाहरू तथ्य–तथ्यांकमा आधारित छन् र प्रत्येकले केही न केही नया“ कुरा बोकेका छन् । धेरै मानिसका रचना एकै ठाउ“मा भेला पारेर पुस्तक निकाल्दा बल्झिने पुरानावृत्तिको रोगबाट सिद्धहस्त सम्पादक सूर्य थापाले पुस्तकलाई बचाउनुभएको छ ।


यतिबेला मुुलुक समृद्धिको यात्रामा छ । यसको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका महत्वपूर्ण अवधारणाले विशेष अर्थ राख्दछ । पुस्तकको सुरुमै उहा“ले पर्यटन व्यवसायीहरूलाई सम्बोधन गर्दा व्यक्त गरेका विचारलाई राखिएको छ भने नेकपा (एमाले)का तत्कालीन महासचिव ईश्वर पोखरेलका विचारहरू पनि समेटिएको छ । पर्यटनको विगत, वर्तमान र भविष्यका बारेमा पुस्तकले समग्र तस्वीर उतारेको छ ।

– नवयुग, वैशाख–असार २०७५