विश्व कम्युनिस्ट आन्दोलनको तस्बिर


August 23, 2014 3:48 pm
Nabayug

सन् १९८० को दशकको अन्त्य र ९० को दशकको सुरुमा विश्वव्यापी रूपमा समाजवादले धक्का खाएपछि एकाएक रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनस“ग आफूलाई नया“ र मौलिकरूपमा अघि बढाउनुको विकल्प रहेन । वर्षौं लगाएर ठूलो उत्सर्गसहित सशस्त्र सङ्घर्षबाट प्राप्त गरेको सत्ता सजिलै ढलेपछि त्यसका कारणहरूको खोजी गर्दै विश्वभरिका कम्युनिस्टहरूले आफूलाई पुनर्गठन गरिरहेका छन् । दुई ध्रुवीय विश्वबाट एक ध्रुवीय बनेपछि मात्तिएको पु“जीवाद कुनै पनि हालतमा विश्वका कामदार, मिहिनेतकश र सीमान्तकृत जनताको दर्शन हुन सक्दैनथ्यो र सकेन । स्वयम् पु“जीवादभित्र पैदा भएका सङ्कटहरूबाट नै समाजवादको विकल्प पु“जीवाद हुन सक्दैन भन्ने कुरा एक होइन, अनेकपटक पुष्टि भइसकेको छ ।


विश्व कम्युनिस्ट आन्दोलनका केही मूलभूत प्रवृत्ति:

१. प्रतिस्पर्धालाई अ“गाल्दा सफलता
सोभियत सङ्घलगायत पूर्वी युरोपमा समाजवादले धक्का खानुका पछाडिको एउटा प्रमुख कारण थियो– आफूभित्र उत्पन्न सङ्कटहरूलाई समाजवादले पारदर्शी, सहभागितामूलक र लोकतान्त्रिक तरिकाले हल गर्न नसक्नु । व्यवस्थामा उत्पन्न समस्यालाई लोकतान्त्रिक तरिकाको साटो प्रशासनिकरूपमा समाधान गर्न खोज्दा व्यवस्थाले त्यसलाई धान्न सकेन । परम्परागत समाजवादमा लोकतान्त्रिक प्रतिस्पर्धाको अभाव रहेका कारण नै आफूभित्र उत्पन्न सङ्कट व्यवस्थापन हुन नसकेको हो भन्ने तथ्यमा विश्वव्यापी रूपमै एकमत छ । त्यसैले ९० को दशकको भुइ“चालोपछि विश्वव्यापी रूपमा कम्युनिस्टहरूले निकालेको साझाजस्तै निष्कर्ष हो– ‘प्रतिस्पर्धाबाट नभाग, त्यसलाई स्वीकार गर ।’ तत्पश्चात् जनताबाट अनुमोदन प्राप्त गरेर कतिपय देशमा कम्युनिस्टहरूले सरकार पनि बनाएका छन् ।


२. सशस्त्र सङ्घर्षको भविष्य छैन
कुनै बेला थियो– तानाशाही, सामन्ती र हतियारका बलमा जनतामाथि दमन चलाएको राज्यलाई परास्त गर्नका लागि बन्दुक उठाउनुको विकल्प थिएन । तर, अहिले दमन, शोषण, उत्पीडन, उपनिवेश र साम्राज्यका तरिकाहरू बदलिएका छन् । त्यसैले कुनै बेला अनिवार्यजस्तै ठानिएको सशस्त्र सङ्घर्ष अहिले अप्रासाङ्गिक हुन पुगेको छ । उग्रवामपन्थी विचारमा विश्वास गर्ने र माओले पौने शताब्दीअघि भनेको राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने भनाइलाई व्यवहारमा उतार्न चाहने कुनै पनि कम्युनिस्ट पार्टीले पछिल्लो ३६ वर्षमा कही“कतै सफलता पाएका छैनन् । सबभन्दा पछिल्लोपटक सन् १९७८ मा सशस्त्र क्रान्तिबाट सत्ता कब्जा गरेको अफगानिस्तानमा नौ वर्षमै कारुणिकरूपमा अन्त्य भयो भने दक्षिणी यमनमा पनि १२ वर्षभन्दा बढी टिक्न सकेन । त्यसयता जति पनि सशस्त्र सङ्घर्ष भएका छन्, तिनबाट क्षति मात्रै भएको छ ।


३. शान्तिपूर्ण राजनीतिमा जनसमर्थन
हतियार उठाएर क्रान्तिमा जा“दा सफलतामा पुग्न नसकेको विश्वव्यापी प्रवृत्तिका बीचमा अर्को पाटो पनि छ– यदि त्यही शक्ति बुद्धि पु¥याएर शान्तिपूर्ण राजनीतिमा जाने हो भने जनताको मतबाट पनि सत्तामा पुग्न सक्छ । नेपाल नै त्यसका लागि सबभन्दा पछिल्लो उदाहरण छ । १७ हजार व्यक्तिको ज्यान जाने गरी १० वर्ष लड्दा प्राप्त हुन नसकेको उपलब्धि नेकपा (माओवादी)लाई शान्ति प्रक्रियामा आएको पा“च वर्षभित्रै प्राप्त भयो र त्यस पार्टीका दुईजना नेता प्रधानमन्त्री बन्न सकेका छन् । एल साल्भाडोरमा सशस्त्र युद्धमा लामो समयसम्म संलग्न फुराबुन्डो मार्टी नेसनल लिबरेसन फ्रन्ट (एफएमएलएन)ले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा शान्ति वार्तामा आएपछि दुईपटक (२००९ र २०१४) मा राष्ट्रपति जितिसकेको छ भने निकारागुआमा सान्डिनिस्टाले सशस्त्र सङ्घर्ष छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि जनताबाट चुनिएर सरकार बनाउन सकेको छ । श्रीलङ्कामा पनि लामो समयको सशस्त्र सङ्घर्षबाट असफलता मात्रै हात लागेपछि शान्तिपूर्ण राजनीतिमा आएका कम्युनिस्टहरूले सानै सङ्ख्यामा भए पनि राष्ट्रिय राजनीतिमा भूमिका पाएका छन् ।


४. समाजवादको सान्दर्भिकता बढेको छ
एकलौटी प्रभुत्व जमाउन पाएका कारण पु“जीवादले उत्पादन गरेको सङ्कटहरूका कारण समाजवादको सान्दर्भिकता झन् बढेको छ । पु“जीवादको विकल्प कुनै पनि प्रकारको पु“जीवाद होइन, समाजवाद मात्र हुन सक्छ भन्ने सन्देश सन् २००८ यता विभिन्न मुलुकमा देखा परेका आर्थिक महासङ्कटले पनि दिइरहेका छन् । जहा“ समाजवादतर्फ झुकाव भएका, वाम नीति बोकेका र पु“जीवादविरोधी राजनीतिक दलहरूको प्रभुत्व छ, त्यहा“का जनताले आर्थिक रूपमा अलिकति भए पनि राहत महसुस गर्न पाएका छन् ।


५. समानता र न्याय झन् आवश्यक छ
स्पष्टै छ– पु“जीवादले धनी र गरिबबीच खाडल बढाउ“छ, धनीलाई झन् धनी बनाउनु र गरिबलाई झन् गरिब बनाउनु पु“जीवादको आधारभूत चरित्र नै हो । तर, पछिल्ला दिनमा स्वयम् पु“जीवादी मुलुकभित्र विभिन्न नाममा उठेका राजनीतिक र सामाजिक आन्दोलनहरूले न्याय र समानता अझ बढी जरुरी छ भन्ने स्पष्ट पारिरहेका छन् । ठूला राष्ट्रबाट साना राष्ट्र, बलियाबाट निर्धा, हुनेबाट नहुनेहरू पीडित बन्ने क्रम र त्यसका विरुद्धमा सशक्त र सङ्गठित आवाज उठाउने क्रम बढेको छ । शक्ति राष्ट्रबाट साना राष्ट्रमाथि हुने थिचोमिचोका विरुद्ध विश्वव्यापी जनमत आक्रोशित छ । तर, राजनीतिकरूपमा विश्व एकधु्रवीय भएका कारण त्यसका विरुद्धमा सशक्त प्रतिरोध हुन सकेको छैन भन्ने अनुभव सर्वत्र भइरहेको छ ।


पा“च समाजवादी मुलुकको अवस्था हतियारबन्द युद्धबाट जितेर शासनको बागडोर हातमा लिएका पा“चवटा मुलुकमध्ये चारवटा जनवादी गणतन्त्र चीन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, समाजवादी गणतन्त्र भियतनाम र जनवादी गणतन्त्र लाओस एसियामा पर्छन् भने गणतन्त्र क्युबा ल्याटिन अमेरिकामा पर्छ । सबभन्दा पहिला विद्रोहमार्फत पेरिस कम्युन (१८ मार्च–२८ मे १८७१) निर्माण गरी क्रान्ति सम्भव छ भनेर दुनिया“लाई देखाउने युरोप, सन् १९१७ मा पहिलोपटक रुसमा सफलतापूर्वक क्रान्ति सम्पन्न गर्ने पूर्वी युरोपदेखि अफ्रिकासम्मका समाजवादी सत्ताहरू सन् १९९० को धक्कास“गै ढले । तीमध्ये कतिपय देशमा आज कम्युनिस्ट पार्टी नाम मात्रका छन्, कतिपय देशमा उनीहरूले नाम नै बदलेका छन् र कतिपयले सिद्धान्त नै बदलेका छन् । तर, यी पा“च समाजवादी मुलुकले भने आफ्नो घरेलु विशेषतालाई आत्मसात् गरेर समाजवादलाई नया“ रूपमा अघि बढाइरहेका छन् ।


चीन ः माओत्सेतुङको नेतृत्वमा १ अक्टोबर, १९४९ मा क्रान्तिबाट विजय हासिल गरेको चिनिया“ कम्युनिस्ट पार्टीले त्यसयता समाजवादलाई मजबुत बनाउनका लागि राष्ट्रिय आवश्यकता र विशेषताहरूलाई आत्मसात् गर्दै आइरहेको छ । माओ जीवित छ“दै सुरु गरेको सांस्कृतिक क्रान्ति (१९६६–१९७६)लाई कठोरतापूर्वक ‘कालो समय’का रूपमा किटान गर्दै नया“ युगमा अघि बढिरहेको चीनमा नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक तरिका अवलम्बन गरिएको छ । आठ करोडभन्दा बढी सदस्य बनाएर विश्वको सबभन्दा ठूलो राजनीतिक दल बन्न सफल चिनिया“ कम्युनिस्ट पार्टीले ‘चिनिया“ विशेषतासहितको समाजवाद’लाई आफ्नो लक्ष्य बनाएको छ । माओलाई संस्थापक र देङ स्याओ पिङलाई आधुनिक चीनको अगुवाका रूपमा यस पार्टीले आत्मसात् गरेको छ । त्यही नीतिमा उभिएर चीन अहिले विश्वको दोस्रो ठूलो आर्थिक महाशक्तिका रूपमा स्थापित भएको छ ।


सन् २०१२ मा आयोजित चिनिया“ कम्युनिस्ट पार्टीको १८औ“ राष्ट्रिय महाधिवेशनबाट चौथो पुस्ताका हु जिन्ताओको ठाउ“मा पा“चौ“ पुस्ताका सी जिनपिङ कम्युनिस्ट पार्टीको महासचिव चयन भए । कम्युनिस्ट पार्टीको महासचिव, मुलुकको राष्ट्रपति र केन्द्रीय सैन्य आयोगको अध्यक्ष एउटै व्यक्ति हुने चिनिया“ अभ्यासअनुसार अहिले उनले चीनको नेतृत्व गरिरहेका छन् । २ हजार ९ सय ८७ सदस्यीय पिपुल्स जनकङ्ग्रेसमा चिनिया“ कम्युनिस्ट पार्टीका २ हजार १ सय ५७ सदस्य छन् ।


प्रजग कोरिया ः युद्धपछि कोरियाली प्रायद्वीप विभाजित भएर सन् १९४८ मा उत्तर तर्फको भू–भागमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया निर्माण भएको हो । किम इल सुङको नेतृत्वमा सुरुमा राम्रै आर्थिक प्रगति गरेको यो मुलुक पछिल्लो कालखण्डमा नाकाबन्दी, खडेरी र बाढीपहिरोजस्ता समस्याबाट आक्रान्त छ । आणविक हतियारयुक्त मुलुक उत्तर कोरियामा श्रमिक पार्टीले आफ्नो घोषणापत्र र मुलुकको संविधानमा सन् १९९२ फेब्रुअरी १९ मा माक्र्सवाद–लेनिनवादको साटो किम इल सुङद्वारा प्रतिपादित जुछे विचारधारा राखेको छ । अहिले ‘सङ्गुन’ अर्थात् ‘सैनिक पहिला’ नीति अख्तियार गरेको उत्तर कोरियामा किम इल सुङका छोरा किम जङ इलको २०११ मा निधन भएपछि उनका छोरा किम जङ युनले नेतृत्व गरिरहेका छन् । दक्षिण कोरियास“ग सीमामा बेला–बेला तनाव भइररहने गर्छ, जहा“ दक्षिणतर्फ अमेरिकी सैनिक तैनाथ छन् । ६ सय ८७ सदस्यीय संसद्मा ६ सय १ जना वर्कर्स पार्टीका तर्फबाट सदस्य छन् ।


क्युबा ः फिडेल क्यास्ट्रोको नेतृत्वमा सन् १९५९ जुलाई १ मा क्रान्ति सम्पन्न भएको क्युबामा उनले २००६ मा स्वास्थ्यका कारण पद छोडेपछि राहुल क्यास्ट्रोले पार्टी तथा सरकारको नेतृत्व गरिरहेका छन् । आर्थिक नीतिहरूमा क्रमशः चीन र भियतनामको बाटो पछ्याउन सुरु गरेको क्युबाले सामाजिक तथा राजनीतिक सुधारसम्बन्धी पछिल्लो महाधिवेशनबाट एक हजार प्रस्ताव पारित गरेको छ । माक्र्सवाद–लेनिनवादलाई आधिकारिकरूपमा राज्यको नीतिका रूपमा संविधानमै व्यवस्था गरिएको क्युबामा ६ सय १२ सदस्यीय संसद्मा सबै जना कम्युनिस्ट पार्टी अफ क्युबाका तर्फबाट सदस्य छन् ।


भियतनाम ः फ्रेन्च उपनिवेशविरुद्ध हो चि मिन्हले युद्ध लडेर सन् १९४५ मा उत्तरी क्षेत्रलाई स्वतन्त्र कम्युनिस्ट राज्य घोषणा गरे पनि त्यसयता सन् १९७६ सम्म दक्षिण भियतनामका लागि लडाइ“ भइरह्यो । ५८ हजार अमेरिकी सैनिकले ज्यान गुमाएको भियतनाम युद्ध अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित युद्धमध्ये पर्छ, जहा“ प्रत्यक्षरूपमा अमेरिकाले हात हालेर पराजय भोग्नुपरेको थियो । २ जुलाई १९७६ मा दक्षिण भियतनाममाथि विजय हासिल गरेर एउटै समाजवादी गणतन्त्र भियतनाम बनेको यो मुलुक विश्वका सबभन्दा छिटो प्रगति गरिरहेका अर्थतन्त्रमध्ये पर्छ, जसले सन् २०२० सम्म आफूलाई विकसित मुलुकको कोटीमा लैजाने घोषणा गरेको छ । सन् २००६ मा पुरानो पुस्ताका नेताहरूलाई बिदा दिएर न्गुयन फु थ्रोङ्गको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ भियतनामले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद, लेनिनवाद र हो चि मिन्ह विचारधारालाई विधानमा समावेश गरेको छ ।


लाओस ः २ डिसेम्बर १९७५ मा सशस्त्र क्रान्तिबाट राजतन्त्र विस्थापित गरेर स्थापित लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकले जलविद्युत्जस्ता प्राकृतिक सम्पदाको उपयोगमा जोड दिइरहेको छ । माक्र्सवाद–लेनिनवादलाई आदर्श बनाएको लाओ पिपुल्स रिभ्युलसनरी पार्टीले पछिल्ला दिनमा आर्थिक सुधारलाई मुख्य जोड दिइरहेको छ । त्यहा“ सन् २००६ देखि चाउमाली सायासोनले पार्टी तथा देशको नेतृत्व गरिरहेका छन् ।
सत्ता साझेदारीमा कम्युनिस्ट पार्टी सन् १९९० सम्म कम्युनिस्ट पार्टीले शान्तिपूर्ण राजनीतिक र संसदीय निर्वाचनमा भाग लिने कुरालाई सिधै संशोधनवादको बिल्ला भिराइन्थ्यो । राज्यसत्ता बन्दुकको नालबाट आउ“छ भन्ने मान्यताबाट दीक्षित भएका कम्युनिस्ट पार्टीहरूले पूर्वी युरोपमा समाजवादले धमाधम धक्का खाएपछि भने आफूलाई नया“ रूपमा पुनर्गठन गर्न थालेका छन् । सशस्त्र सङ्घर्षबाट स्थापित समाजवाद धराशायी भएपछि शान्तिपूर्ण जनमतबाट आफूलाई जनताको प्रतिनिधि बनाउन कम्युनिस्ट, समाजवादी तथा वामपन्थी पार्टीहरू सक्रिय छन् । तीमध्ये अहिले १६ वटा मुलुकमा कम्युनिस्ट पार्टीहरू यो वा त्यो रूपले सत्ता साझेदारीमा छन् ।


अर्जेन्टिना ः सन् २००३ र २००७ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको फ्रन्ट फर भिक्ट्री नामक मोर्चामा कम्युनिस्ट पार्टी अफ अर्जेन्टिना र त्यसबाट फुटेर बनेको कम्युनिस्ट पार्टी अफ अर्जेन्टिना (एक्स्टा अर्डिनरी कङ्ग्रेस) पनि सहभागी थिए । राष्ट्रपति क्रिस्टिना फर्नान्डेज क्रिच्नरको सरकारमा यी दुवै पार्टीको सहभागिता छ ।


बङ्गलादेश ः सन् २००८ मा सम्पन्न आमनिर्वाचनमा शेख हसिना वाजेद नेतृत्वको अवामी लिगको अगुवाइमा बनेको ग्रान्ड एलाइन्सको एक सदस्यका रूपमा त्यहा“को कम्युनिस्ट पार्टी (वर्कर्स पार्टी अफ बङ्गलादेश (डब्लूपीबी) समावेश छ । अहिले त्यही मोर्चाको सरकार भएकाले यो पार्टी पनि सत्तामा छ ।


ब्राजिल ः डेमोक्रेटिक सोसलिस्ट वर्कर्स पार्टी (पीटी)को नेतृत्वमा सन् २०१० को राष्ट्रपतीय निर्वाचनका लागि बनेको मोर्चा ‘फर ब्राजिल टू किप अन च्यान्जिङ’मा ब्राजिल कम्युनिस्ट पार्टी एक सदस्य थियो । यही मोर्चाको उम्मेदवार डिल्मा रुसेफले राष्ट्रपतिमा जितेपछि नाम परिवर्तन भएको सत्ताधारी गठबन्धन ‘विथ द चेन्ज अफ पिपुल’को पनि यो सदस्य छ र सरकारमा हिस्सेदारी छ ।
बुल्गेरिया ः बुल्गेरियन सोसलिस्ट पार्टीको नेतृत्वमा स्थापित कोलिसन फर बुल्गारिया नामक सत्तारुढ गठबन्धनमा कम्युुनिस्ट पार्टी अफ बुल्गारिया सहभागी छ । सन् २०१३ मा सम्पन्न संसदीय निर्वाचनमा पनि यस पार्टीले भाग लिएको थियो । अहिले त्यहा“को सरकारमा यसको सहभागिता छ ।


चिली ः मिचेल ब्याचलेटको सरकारलाई नै वाम रुझान भएको मानिन्छ । पु“जीवाद, उदारीकरण, साम्राज्यवादजस्ता विषयको विरोधीका रूपमा सन् २०१३ मा स्थापित न्युभा माचोरिया (न्यु मेजरिटी) नामक गठबन्धनमा कम्युनिस्ट पार्टी अफ चिली (पीसीसीएच) पनि सहभागी थियो । मिचेल ब्याचलेट राष्ट्रपति निर्वाचित भएपछि यो पार्टी पनि सत्तारुढ बनेको छ ।


एल साल्भाडोर ः लामो समयसम्म जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यसहित सञ्चालित छापामार युद्धका कमान्डर रहेका सान्चेज सेरेन सन् २०१४ मा सम्पन्न निर्वाचनबाट एल साल्भाडोरको राष्ट्रपतिमा निर्वाचित भएका छन् । सन् ’८० को दशकमा सशस्त्र सङ्घर्ष चलाएको फुराबोन्डो मार्टी नेसनल लिबरेसन फ्रन्ट (एफएमएलएन) संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा शान्ति प्रक्रियामा आएयता पहिलोपटक सन् २००९ मा यसै पार्टीका नेता माउरिसियो फुनस राष्ट्रपति निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनपछि सेरेनले अरू वाम रुझान राख्ने राष्ट्रहरूस“गको सम्बन्धमा जोड दिएका छन् भने गरिबमुखी नीतिहरू अघि बढाएका छन् ।


इक्वेडर ः इक्वेडरमा पनि वाम रुझान भएको सरकार छ । सन् २००६ मा त्यहा“का समाजवादी दलहरू मिलेर बनेको प्राउड एन्ड सोभरिन फादरल्यान्ड (पीसीआईएस) गठबन्धनमा कम्युनिस्ट पार्टी अफ इक्वेडर समावेश छ ।
गुयना ः ल्याटिन अमेरिकी यस मुलुकमा वामपन्थी पार्टीको सरकार छ । सन् १९९२ को संसदीय निर्वाचनबाट सत्तामा आएको पिपुल्स प्रोग्रेसिभ पार्टी (गुयना) त्यसयताका चारवटै चुनाव (१९९७, २००१, २००६ र २०११) बाट विजयी बनेको छ । ६५ सदस्यीय संसद्मा एक्लै बहुमत जितेर शासन चलाइरहेको यस पार्टीका निर्विवाद नेता तथा राष्ट्रपति डा. छेदी जागनको सन् १९९७ मा मृत्यु भएयता राष्ट्रपति भरत जाग्देव र महासचिव डोनाल्ड रामोतारले नेतृत्व गरिरहेका छन् ।


माली ः सन् १९९० मा मौसा ट्रारेको तानाशाहीका विरुद्धमा बनेको संयुक्त मोर्चा एलाइन्स फर डेमोक्रेसी इन माली–पान–अफ्रिकन पार्टी फर लिबर्टी, सोलिडारिटी एन्ड जस्टिसको सदस्यका रूपमा रहेको मालियन पार्टी अफ लेबर विगतमा होक्जावादी कम्युनिस्टका रूपमा गैरसंसदीय गतिविधिमा सक्रिय थियो । राष्ट्रपति अमाडो टुमानी टोरेको सरकारमा सहभागी यो पार्टी पछिल्लो चुनावमा एलाइन्स फर डेमोक्रेसी इन मालीका नाममा स्थापित सत्तारुढ मोर्चाको सदस्य छ ।


मोरक्को ः सन् २०११ मा सम्पन्न संसदीय निर्वाचनबाट संसद्मा उपस्थिति जनाएको पार्टी अफ प्रोग्रेस एन्ड सोसलिज्मले प्रधानमन्त्री अब्बास अल फासीको सरकारमा सहभागिता जनाएको छ ।
नेपाल ः संसद्मा मात्रै ६ वटा कम्युनिस्ट पार्टीको उपस्थिति रहेको नेपालमा सन् २००८ मा संविधानसभाको निर्वाचन भएयता चारजना कम्युनिस्ट प्रधानमन्त्री भइसकेका छन् । अहिले सबभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) हाराहारी शक्तिका साथ नेपाली काङ्ग्रेसस“ग सत्ता साझेदारीमा छ भने दोस्रो ठूलो कम्युनिस्ट पार्टी एनेकपा (माओवादी) प्रमुख प्रतिपक्षमा छ ।


निकारागुआ ः विद्रोही नेताका रूपमा लामो सयमसम्म सशस्त्र सङ्घर्षको नेतृत्व गरेका जोसे डानियल ओर्टेगा सन् २००६ मा दोस्रोपटक निकारागुआको राष्ट्रपति निर्वाचित भएका छन् । पहिलोपटक राष्ट्रपति हु“दा (१९८५–९०) उद्योगहरू राष्ट्रियकरण गरेर चर्चामा आएका ओर्टेगाले अहिले निकारागुआमा आमरूपमा वामपन्थी नीतिहरू लागू गरिरहेका छन् । पहिलेको विद्रोही समूह सोसलिस्ट सान्डिनिस्टा नेसनल लिबरेसन नै अहिले सत्तारुढ दलका रूपमा छ ।


पेरु ः उग्रवामपन्थको सिकार भएको पेरुमा साइनिङ पाथको हतियारबन्द आन्दोलनस“ग सुरुदेखि नै असहमत पेरुभियन कम्युनिस्ट पार्टी (पीसीपी) सन् २०११ मा सम्पन्न आमनिर्वाचनमा ओलान्टा हुमालाको पेरु विन्स गठबन्धनमा सामेल थियो । वाम रुझान रहेको उक्त मोर्चाले चुनाव जितेपछि हुमालाको नेतृत्वमा यो पार्टी सरकारमा छ ।


दक्षिण अफ्रिका ः साउथ अफ्रिकन कम्युनिस्ट पार्टी (एसएसीपी) आफै“ प्रत्यक्ष चुनाव लड्दैन । अफ्रिकी नेसनल कङ्ग्रेस
(एएनसी)को त्रिपक्षीय शक्तिमध्ये एक साझेदार भएकाले एएनसीमार्फत आफ्ना नेता–कार्यकर्तालाई चुनावमा पठाउ“छ । एएनसी, एसएपीसी र कङ्ग्रेस अफ साउथ अफ्रिकन टे«ड युनियन्सले सन् १९९४ मा दक्षिण अफ्रिकामा स्वतन्त्रतापछिको पहिलो चुनाव भएयता लगातार पा“चपटक जितिसकेका छन् ।


श्रीलङ्का ः कुनै बेला शक्तिशाली कम्युनिस्ट आन्दोलन रहेको श्रीलङ्कामा अहिले डीईडब्लू गुणसेकेराको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ श्रीलङ्काले परम्परा धानिरहेको छ । राष्ट्रपति महिन्द्रा राजापाक्षेले नेतृत्व गरेको युनाइटेड पिपुल्स फ्रिडम एलाइन्समा रहेको यस पार्टीको सरकारमा सहभागिता छ ।


सिरिया ः हाफिज अल असदले नेतृत्व गरेको अरब सोसलिस्ट वाथ पार्टीको अगुवाइको सत्तारुढ गठबन्धन नेसनल प्रोग्रेसिभ फ्रन्ट
(सिरिया)मा दुई कम्युनिस्ट पार्टी सिरियन कम्युनिस्ट पार्टी र सिरियन कम्युनिस्ट पार्टी (युनाइटेड) सदस्य छन् ।
उरुग्वे ः उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको सरकार वाम रुझान राख्छ । वाम रुझान राख्ने गठबन्धनका रूपमा गठित सत्तारुढ ब्रोड फ्रन्टमा दुई कम्युनिस्ट पार्टी मुभमेन्ट अफ पपुलर पार्टिसिपेसन र कम्युनिस्ट पार्टी अफ उरुग्वे पनि समावेश छन् । सन् २००९ मा मुजिकालाई राष्ट्रपतिमा जिताउन यी पार्टीहरूले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।


भेनेजुयला ः ह्युगो चाभेज सत्तामा आएपछि प्रकट भएको वाम रुझानलाई उनको मृत्युपछि अहिलेका राष्ट्रपति निकोलस माडुरोले अघि बढाइरहेका छन् । त्यहा“को सरकारलाई नीतिहरूका आधारमा वाम सरकारका रूपमा चिनिन्छ । पहिला चाभेजलाई झै“ सन् २०१३ मा माडुरोलाई राष्ट्रपति निर्वाचित गर्नका लागि माक्र्सवादमा विश्वास राख्ने सत्तारुढ गठबन्धन ग्रेट प्याटिओटिकमा रहेर कम्युनिस्ट पार्टी अफ भेनेजुयलाले महŒवपूर्ण भूमिका निर्वाह गरेको थियो ।


संसद्मा कम्युनिस्ट तथा वाम पार्टीहरूको उपस्थिति पा“च समाजवादी मुलुक (चीन, लाओस, उत्तर कोरिया, भियतनाम र क्युबा)बाहेक विश्वका ५३ वटा मुलुकमा ८४ वटा कम्युनिस्ट तथा वाम पार्टीहरूले जनताको अभिमत प्राप्त गरेर संसद्मा प्रतिनिधित्व गरिरहेका छन् । पु“जीवादविरोधी, समाजवादी, वाम वा कम्युनिस्ट पार्टीका रूपमा आफूलाई आधिकारिक रूपमा घोषणा गरेका पार्टीहरूलाई मात्र यसमा समावेश गरिएको छ । उत्तर कोरियाले आधिकारिकरूपमा आफ्नो संविधानबाट माक्र्सवाद–लेनिनवाद हटाएर जुछे विचारधारा राखेको छ भने अरू कतिपय मुलुकले पनि आफ्नो देशको विशेषताअनुरूप आफूलाई परिमार्जन गरेका छन् ।


अल्जेरिया ः २०१२ मा सम्पन्न निर्वाचनमा ट्राटस्कीवादमा विश्वास राख्ने लुइस हानोउलन नेतृत्वको वर्कर्स पार्टीले ४ सय ६२ सदस्यीय तल्लो सदनमा २४ स्थान हासिल गरेको छ । अर्जेन्टिना ः २०१३ मा सम्पन्न आमनिर्वाचनमार्फत २ सय ५७ सदस्यीय संसद्मा तीन सिट हासिल गरेको वर्कर्स लेफ्ट फ्रन्ट ट्राटस्कीपन्थी पार्टी हो, जसले सामूहिक नेतृत्वलाई मान्छ ।


बङ्गलादेश ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने अनिसुर रहमान मलिकको नेतृत्वको वर्कर्स पार्टी अफ बङ्गलादेशले २०१४ मा सम्पन्न संसदीय निर्वाचनमा तीन सय सदस्यीय संसद्मा ६ स्थान हासिल गरेको छ ।


बेलारुस ः २०१२ मा सम्पन्न निर्वाचनमा तात्स्याना होलुवेभा नेतृत्वको कम्युनिस्ट पार्टी अफ बेलारुसले १ सय १० सदस्यीय तल्लो सदनमा तीन र ६४ सदस्यीय माथिल्लो सदनमा १७ सिट हासिल गरेको छ ।


बेल्जियम ः पिटर मेर्टन्सले नेतृत्व गरेको वर्कर्स पार्टी अफ बेल्जियमस“ग २०१२ मा सम्पन्न तल्लो सदनको निर्वाचनबाट ३ सय १३ मध्ये ६ र माथिल्लो सदनमा १ सय ५० मध्ये दुई सांसद छन् ।


बोलिभिया ः एक्काइसौ“ शताब्दीको समाजवादलाई आधिकारिक सिद्धान्त तय गरेकोे मुभमेन्ट फर सोसलिज्म पार्टीले २००९ मा सम्पन्न तल्लो सदनको निर्वाचनमा १ सय ३० मध्ये ८८ र माथिल्लो सदनमा ३६ मध्ये २६ स्थान हासिल गरेको छ । वामपन्थी राष्ट्रपतिका रूपमा इभो मोरालेसले त्यहा“ सरकारको नेतृत्व गरिरहेका छन् ।


ब्राजिल ः २०१० मा सम्पन्न आमनिर्वाचनमा माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने जोसे रेनाटो राबेलो नेतृत्वको कम्युनिस्ट पार्टी अफ ब्राजिलले तल्लो सदनमा ५ सय १३ मध्ये १५ र माथिल्लो सदनमा ८१ मध्ये दुई स्थान हासिल गरेको छ भने पु“जीवादविरोधी सोसलिज्म एन्ड फ्रिडम पार्टीले तल्लो सदनमा तीन, माथिल्लो सदनमा एक स्थान हासिल गरेको छ ।


बुल्गेरिया ः अलेक्जेन्डर पाउनोभको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ बुल्गारियाले २०१३ मा सम्पन्न आमनिर्वाचनमा २ सय ४० सदस्यीय संसद्मा एक सिट हासिल गरेको छ ।


बुर्किनाफासो ः फिलिप ओडेरेगोको नेतृतत्वमा माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने पार्टी फर डेमोक्रेसी एन्ड सोसलिज्म÷मेट्बाले १ सय ११ सदस्यीय संसद्मा दुई स्थान हात पारेको छ ।


बर्मा (म्यान्मार) ः तुन यीको नेतृत्वमा ‘समाजवादको बर्मेली बाटो’लाई सिद्धान्त बनाएको नेसनल युनिटी पार्टीले २०१० मा सम्पन्न निर्वाचनमा ३ सय ३० सदस्यीय तल्लो सदनमा १२ र २ सय २४ सदस्यीय माथिल्लो सदनमा पा“च स्थान हात पारेको छ ।


चिली ः २०१३ मा सम्पन्न १ सय २० सदस्यीय तल्लो सदनको निर्वाचनमा गुइलेर्मो टिइलियरले नेतृत्व गरेको कम्युनिस्ट पार्टी अफ चिलीले ६ स्थान हासिल गरेको छ ।


कोलम्बिया ः २०१० मा सम्पन्न आमनिर्वाचनमा दुई कम्युनिस्ट पार्टीले १ सय २ सदस्यीय तल्लो सदनमा कुनै स्थान हासिल गर्न नसके पनि माथिल्लो सदनमा माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने जेमी क्यासेडो नेतृत्वको कोलम्बियन कम्युनिस्ट पार्टी र मालेमामा विश्वास गर्ने गुस्ताभ टिरिउना नेतृत्वको रिभ्युलसनरी इन्टरडिपेन्डेन्ट लेबर मुभमेन्टले एक÷एक स्थान हासिल गरेका छन् ।


क्रोएसिया ः २०११ मा सम्पन्न आमनिर्वाचनमा ड्रागुटिन लेसरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादलाई आदर्श मान्ने क्रोएसियन लेबरिस्ट्स लेबर पार्टीले १ सय ५१ सदस्यीय संसद्मा ६ स्थान जितेको छ ।


साइप्रस ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने प्रोग्रेसिभ पार्टी अफ वर्किङ पिपुलले २०११ मा आयोजित आमनिर्वाचनमा ५६ सदस्यीय संसद्मा १९ सिट हात पारेको छ । एन्ड्रोज क्यप्रिनाओको नेतृत्वमा रहेको यो पार्टी त्यहा“का ठूला पार्टीमध्ये पर्छ ।


चेक रिपब्लिक ः २०१२–१३ मा सम्पन्न निर्वाचनमा माक्र्सवाद–लेनिनवादमा विश्वास राख्ने भोज्टेक फिलिपक नेतृत्वको कम्युनिस्ट पार्टी अफ बोहेमिया एन्ड मारोभियाले तीन सय सदस्यीय तल्लो सदनमा ३३ र ८१ सदस्यीय माथिल्लो सदनमा दुई स्थान हासिल गरेको छ ।


डेनमार्क ः आफूलाई पु“जीवादका विरुद्धमा केन्द्रित गरेको रेड ग्रीन एलाइन्सले २०११ मा सम्पन्न निर्वाचनमा १ सय ७९ सदस्यीय संसद्मा १२ स्थान हासिल गरेको छ ।


डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो ः लुमुम्बियावाद, समाजवाद र पान–अफ्रिकावादमा विश्वास गर्ने एन्टोनी गिजेन्गाको नेतृत्वमा रहेको युनिफाइड लुमुम्वानिस्ट पार्टीले २००७ मा सम्पन्न निर्वाचनमा १ सय ८ सदस्यीय संसद्मा दुई स्थान हासिल गरेको छ ।


इक्वेडर ः राफेल कोरेयाको नेतृत्वमा एक्काइसौ“ शताब्दीको समाजवादलाई मार्गदर्शक सिद्धान्त मान्ने पीएआईएस गठबन्धनले १ सय ३२ सदस्यीय संसद्मा १ सय स्थान हासिल गरेको छ । साथै, पु“जीवादविरोधी दल प्ल्युरिनेसनल युनिटी अफ लेफ्टले ६ स्थान हासिल गरेको छ ।


युरोपियन युनियन ः २०१४ मा सम्पन्न निर्वाचनमा पु“जीवादविरोधी युरोपियन युनाइटेड लेफ्ट–नर्डिक ग्रीन लेफ्टले ७ सय ५१ सदस्यीय संसद्मा ५२ स्थान हासिल गरेको छ ।


फिनल्यान्डः लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने पाभो आर्हिन्माकीको नेतृत्वमा रहेको लेफ्ट एलाइन्सले दुई सय सदस्यीय संसद्मा १२ स्थान पाएको छ ।


फ्रान्सः युरो कम्युनिज्ममा विश्वास गर्ने पियर लाउरेन्ट नेतृत्वको फ्रेन्च कम्युनिस्ट पार्टीले ५ सय ७७ सदस्यीय तल्लो सदनमा सात र ३ सय ४८ सदस्यीय माथिल्लो सदनमा २० स्थान पाएको छ । त्यसै गरी, पर्यावरणीय समाजवादमा विश्वास गर्ने फेडेरेसन फर अ सोसल एन्ड एकोलोजिकल अल्टर्नेटिभस“ग तल्लो सदनमा दुई र कम्युनिस्ट पार्टी रियुनियनस“ग माथिल्लो सदनमा एक सिट छ ।


जर्मनी ः २०१३ मा सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने इली होराउ नेतृत्वको द लेफ्ट पार्टीले ६ सय ३१ सदस्यीय संसद्मा ६४ स्थान पाएको छ ।


घाना ः २०१२ मा सम्पन्न निर्वाचनमा न्क्रुमावाद, समाजवाद र पान–अफ्रिकीवादमा विश्वास गर्ने गेस्नी लोजेस क्याउस अर्नस्ट नेतृत्वको कन्भेन्सन पिपुल्स पार्टीले २ सय ७५ सदस्यीय संसद्मा एक स्थान हासिल गरेको छ ।


ग्रीस ः २०१२ मा सन्पन्न निर्वाचनमा उदार समाजवादमा विश्वास गर्ने एलेक्सी सिप्रास नेतृत्वको कोलिसन अफ द ¥याडिकल लेफ्टले तीन सय सदस्यीय संसद्मा ७१ स्थान र माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने कम्युनिस्ट पार्टी अफ ग्रीसले १२ स्थान हासिल गरेका छन् ।


ग्वाटेमाला ः क्रान्तिकारी समाजवादमा विश्वास गर्ने ग्वाटेमालन नेसनल रिभ्युलसनरी युनिटीले २०१२ मा सम्पन्न निर्वाचनमा १ सय ५८ सदस्यीय सदनमा तीन स्थान हासिल गरेको छ ।


गुयना ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने डोनाल्ड रामोतार नेतृत्वको पिपुल्स प्रोग्रेसिभ पार्टीले २०११ मा सम्पन्न आमनिर्वाचनमा ६५ सदस्यीय संसद्मा एक्लै ३२ स्थान हासिल गरेको छ र त्यहा“ दुई दशकअघिदेखि यही पार्टीले शासन गरिरहेको छ ।


होन्डुरसः लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीले २०१३ मा सम्पन्न आमनिर्वाचनमा १ सय २८ सदस्यीय संसद्मा ३७ र समाजवादमा विश्वास गर्ने डेमोक्रेटिक युनिफिकेसन पार्टीले एक स्थान हासिल गरेका छन् ।


भारतः २०१४ मा सम्पन्न आमनिर्वाचनमा कम्युनिस्ट पार्टीहरूको स्थान खुम्चिएको छ । प्रकाश करात नेतृत्वको भाकपा (माक्र्सवादी)ले ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा नौ स्थान हासिल गरेको छ भने माथिल्लो सदन राज्यसभामा पनि नौ स्थान नै छ । त्यस्तै अर्धेन्दु बद्र्धन नेतृत्वको भारतीय कम्युनिस्ट पार्टीस“ग तल्लो सदनमा एक र माथिल्लो सदनमा दुई स्थान छ । रिभ्युलसनरी सोसलिस्ट पार्टीले तल्लो सदनमा एक स्थान हासिल गरेको छ ।


इराक ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने हमिद माजिद मौसाको नेतृत्वमा रहेको इराकी कम्युनिस्ट पार्टी (सिभिल डेमोक्रेटिक पार्टी)ले २०१४ मा सम्पन्न निर्वाचनमा ३ सय २८ सदस्यीय संसद्मा एक स्थान हासिल गरेको छ ।


आयरल्यान्ड ः लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने गेरी एडम्स नेतृत्वको सिन फिन पार्टीस“ग १ सय ६६ सदस्यीय तल्लो सदनमा १४ र ६० सदस्यीय माथिल्लो सदनमा तीन सदस्य छन् । त्यसै गरी, ट्राटस्कीवादमा विश्वास राख्ने सोसलिस्ट पार्टीले तल्लो सदनमा दुई, लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने पिपुल विफोर प्रोफिट एलाइन्सले दुई र समाजवादमा विश्वास गर्ने वर्कर्स एन्ड अनइम्प्लाइड एक्सन ग्रुपले एक स्थान हासिल गरेका छन् ।


इजरायल ः साम्यवादमा विश्वास गर्ने मोहम्मद बाराकेह नेतृत्वको हादास पार्टीले २०१३ मा सम्पन्न निर्वाचनमार्फत १ सय २० सदस्यीय संसद्मा चार स्थान प्राप्त गरेको छ ।


इटालीः लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने लेफ्ट एकोलोजी फ्रिडम पार्टीले २०१३ मा सम्पन्न निर्वाचनमा ६ सय ३० सदस्यीय तल्लो सदनमा ३७ र ३ सय १५ सदस्यीय माथिल्लो सदनमा सात सदस्य जितेको छ ।


जापानः २०१२–१३ मा सम्पन्न निर्वाचनमा काजाउ सी नेतृत्वमा वैज्ञानिक समाजवादलाई सिद्धान्त मान्ने जापानिज कम्युनिस्ट पार्टीले ४ सय ८० सदस्यीय तल्लो सदनमा आठ र २ सय ४२ सदस्यीय माथिल्लो सदनमा ११ सिट हासिल गरेको छ ।


काजकस्तानः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने भ्लादिस्लाभ कोरारेभ नेतृत्वको कम्युनिस्ट पिपुल्स पार्टी अफ काजकस्तानले २००९ मा सम्पन्न निर्वाचनमा १ सय ८ सदस्यीय संसद्मा सात स्थान हासिल गरेको छ ।


लात्भिया ः २०११ मा सम्पन्न निर्वाचनमा माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने अल्फ्रेड रुबिक्स नेतृत्वको सोसलिस्ट पार्टी अफ लात्भियाले एक सय सदस्यीय संसद्मा तीन स्थान प्राप्त गरेको छ ।


लक्जेम्बर्ग ः लोकतान्त्रिक समाजवाद अ“गाल्ने द लेफ्टले २०१३ मा सम्पन्न निर्वाचनमा ६० सदस्यीय संसद्मा दुई सिट हात पारेको छ ।


माली ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने अफ्रिकन सोलिडारिटी फर द डेमोक्रेसी एन्ड इन्डिपेन्डेन्सले २०१३ मा सम्पन्न निर्वाचनमा १ सय ६० सदस्यीय संसद्मा चार सदस्य प्राप्त गरेको छ ।


मेक्सिको ः लोकतान्त्रिक समाजवादलाई सिद्धान्त मान्ने लेबर पार्टीले २०१२ मा सम्पन्न निर्वाचनमा पा“च सय सदस्यीय तल्लो सदनमा १५ र १ सय २८ सदस्यीय माथिल्लो सदनमा चार स्थानमा विजय प्राप्त गरेको छ ।


मोल्दोभा ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने भ्लादिमिर भोरोनिन नेतृत्वको पार्टी अफ कम्युनिस्ट्स अफ द रिपब्लिक अफ मोल्दोभाले २०१० मा सम्पन्न निर्वाचनमा १ सय १ सदस्यीय संसद्मा ३४ स्थान प्राप्त गरेको छ ।


मोरक्को ः नविल बेनाबडल्लाह नेतृत्वको समाजवादलाई सिद्धान्त मान्ने पार्टी अफ प्रोग्रेस एन्ड सोसलिज्मले २०११ मा सम्पन्न निर्वाचनमा ३ सय ९५ सदस्यीय संसद्मा १८ स्थान हासिल गरेको छ ।


नेपाल ः २०१३ मा सम्पन्न निर्वाचनमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादमा विश्वास राख्ने झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले)ले ५ सय ७५ सदस्यीय संविधानसभा निर्वाचनमा १ सय ७५ स्थान हासिल गरेको छ भने पुष्पकमल दाहाल नेतृत्वमा मालेमालाई मान्ने एनेकपा (माओवादी)ले ८० स्थान प्राप्त गरेको छ । माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा मान्ने सीपी मैनाली नेतृत्वको नेकपा (माले)ले पा“च, नारायणमान विजुक्छे (रोहित) नेतृत्वको नेमकिपाले चार र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले चार, मालेमा विश्वास गर्ने चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) ले चार र मालेमामा विश्वास गर्ने नेकपा (एकीकृत)ले दुई स्थान हासिल गरेका छन् ।


निकारागुआ ः सान्डिनिज्मो र लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने डानियल ओर्टेगा नेतृत्वको सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्टले २०११ मा सम्पन्न निर्वाचनमा ९२ सदस्यीय संसद्मा ६३ स्थान हासिल गरी सरकार बनाएको छ ।


नर्वे ः २०१३ मा सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने अउदुन लिस्बाकेन नेतृत्वको सोसलिस्ट लेफ्ट पार्टीले १ सय ६९ सदस्यीय संसद्मा सात स्थान हासिल गरेको छ ।


प्यालेस्टाइन ः २००६ मा सम्पन्न हालसम्मको पछिल्लो निर्वाचनमा अहमत सदात नेतृत्वमा माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइनले १ सय ३२ सदस्यीय संसद्मा तीन, मालेमामा विश्वास गर्ने नयफ हावात्मेह सोउसा नेतृत्वको डेमाोक्रेटिक फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन र बसान अल साल्ही नेतृत्वको प्यालेस्टाइन पिपुल्स पार्टीले एक÷एक स्थान हासिल गरेका छन् ।


पाराग्वे ः लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने फर्नान्डो लुगो नेतृत्वको गाउसु फ्रन्टले २०१३ मा सम्पन्न निर्वाचनमा ८० सदस्यीय तल्लो सदनमा एक र ४५ सदस्यीय माथिल्लो सदनमा पा“च स्थान हात पारेको छ ।


फिलिपिन्स ः सातुर ओकाम्पो नेतृत्वमा फिलिपिनो साम्यवादलाई सिद्धान्त मान्ने बागोंग अल्यांसाङ माकाबयानले २०१३ मा सम्पन्न निर्वाचनमा २ सय ९२ सदस्यीय तल्लो सदनमा सात स्थान ल्याएको छ ।


पोर्चुगल ः माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने जेरिनिमो डे सौसा नेतृत्वको डेमोक्रेटिक युनिटारियन कोलिसनले २०११ मा सम्पन्न निर्वाचनमा २ सय ३० सदस्यीय संसद्मा १६ र पु“जीवादविरोधी लेफ्ट ब्लकले आठ स्थान हासिल गरेका छन् ।


रुस ः सात दशक समाजवादी व्यवस्था रहेको रसियामा गेन्नाडी ज्युगानोभ नेतृत्वमा माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेसनले २०११ मा सम्पन्न निर्वाचनमा ४ सय ५० सदस्यीय तल्लो सदनमा ९२ स्थान हासिल गरेको छ ।
साह्रवी अरब लोकतान्त्रिक गणतन्त्र ः लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने मोहम्मद अब्देलअजिज नेतृत्वको पोलिसारियो फ्रन्टले २०१२ मा आयोजित आमनिर्वाचनमा ५३ सदस्यीय संसद्मा पूरै सिटमा विजय हासिल गरेर सरकार बनाएको छ ।


सान मारिनो ः ग्यास्टोन पासोलिनी नेतृत्वमा युरो कम्युनिज्ममा विश्वास गर्ने युनाइटेड लेफ्टले २०१२ को निर्वाचनमा ६० सदस्यीय संसद्मा पा“च सिट प्राप्त गरेको छ ।


सर्विया ः अलेक्ज्यान्डर भुलिन नेतृत्वमा माक्र्सवादमा विश्वास गर्ने मुभमेन्ट अफ सोसलिस्टले २०१४ को निर्वाचनमा २ सय ५० सदस्यीय संसद्मा तीन सिट हासिल गरेको छ ।


स्लोभेनिया ः पु“जीवादविरोधी इनिसियटिभ फर डेमोक्रेटिक सोसलिज्मले २०१४ मा सम्पन्न निर्वाचनमा ९० सदस्यीय संसद्मा तीन, पर्यावरणीय समाजवादमा विश्वास गर्ने मतजाज हानजेक नेतृत्वको पार्टी फर सस्टेनेवल डेभ्लप्मेन्ट अफ स्लोभेनिया र लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने डेमोक्रेटिक लेबर पार्टीले एक÷एक स्थान पाएका छन् । यिनीहरूले युनाइटेड लेफ्ट नामक मोर्चा बनाएका छन् ।


दक्षिण अफ्रिकाः साउथ अफ्रिकन कम्युनिस्ट पार्टी आफै“ले चुनाव नलडेर अफ्रिकी नेसनल कंग्रेसका तीन पक्षमध्ये एउटाका रूपमा चुनावमा जान्छ । २०१४ मा त्यहा“को चार सय सदस्यीय संसद्का लागि भएको निर्वाचनमा अफ्रिकी नेसनल कंग्रेसले २ सय ४९ सिट प्राप्त गरेको छ । कम्युनिस्ट पार्टीबाहेक त्यहा“ पु“जीवादविरोधी इकोनोमिक फ्रिडम फाइटरस“ग २५ स्थान छ ।


स्पेन ः युरो कम्युनिज्ममा विश्वास गर्ने जोसे लुइस सेन्टेला नेतृत्वको कम्युनिस्ट पार्टी अफ स्पेनले २०११ को निर्वाचनमा ३ सय ५० सदस्यीय तल्लो सदनमा आठ र २ सय ६६ सदस्यीय माथिल्लो सदनमा दुई स्थान प्राप्त गरेको छ । यसै गरी, पर्यावरणीय समाजवादलाई सिद्धान्त मान्ने जोसेफ भेन्ड्रेल नेतृत्वको इनिसियटिभ फर क्याटालोनिया ग्रीन्सले क्रमशः दुई÷दुई प्रतिनिधि पठाएको छ भने पु“जीवादविरोधी ग्यालिसियन नेसनालिस्ट ब्लकले तल्लो सदनमा दुई र पर्यावरणीय समाजवादलाई सिद्धान्त मान्ने चुन्ता आरोगोनिसिस्टाले एक सिट हात पारेका छन् ।


श्रीलङ्का ः २०१० मा सम्पन्न निर्वाचनमा माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने सोमावान्सा अमरसिङ्घे नेतृत्वको जनता विमुक्ति पेरामुनाले २ सय २५ सदस्यीय संसद्मा चार र माक्र्सवाद–लेनिनवादलाई नै सिद्धान्त मान्ने डीइडब्लु गुणसेकेरा नेतृत्वको कम्युनिस्ट पार्टी अफ श्रीलंका र ट्राटस्कीवाद अ“गाल्ने लंका समसमाज पार्टीले दुई÷दुई सिट पाएका छन् ।


स्विडेन ः समाजवादमा विश्वास गर्ने जोनास जोस्टेड नेतृत्वको लेफ्ट पार्टीले २०१० को निर्वाचनमा ३ सय ४९ सदस्यीय संसद्मा १९ स्थान हासिल गरेको छ ।


सिरिया ः माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने अम्मर बाग्दाचे नेतृत्वको सिरियन कम्युनिस्ट पार्टी (बक्दास)ले २०१२ मा सम्पन्न निर्वाचनमा २ सय ५० सदस्यीय संसद्मा आठ, हनिन निमिर नेतृत्वको सिरियन कम्युनिस्ट पार्टी (युनिफाइड)ले तीन र कदारी जमिल नेतृत्वको पिपुल्स विल पार्टीले एक स्थान पाएका छन् ।


ताजिकिस्तान ः माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने सोदी साब्दोलोभ नेतृत्वको कम्युनिस्ट पार्टी अफ ताजिकिस्तानले २०१० मा सम्पन्न निर्वाचनमा ६३ सदस्यीय संसद्मा दुई स्थान हासिल गरेको छ ।


ट्युनिसिया ः २०११ मा सम्पन्न निर्वाचनमा २ सय १७ सदस्यीय संसद्मा माक्र्सवाद–लेनिनवादमा विश्वास राख्ने तीन पार्टी हम्मा हमामी नेतृत्वको वर्कर्स पार्टीले तीन, जियाद लख्दर नेतृत्वको डेमोक्रेटिक प्याट्रिओट्स मुभमेन्टले एक र प्रोग्रेसिभ स्ट्रगल पार्टीले एक स्थान हासिल गरेका छन् ।


युक्रेन ः २०१२ मा सम्पन्न निर्वाचनमा माक्र्सवाद–लेनिनवादमा विश्वास राख्ने पेट्रो स्यामोनेन्को नेतृत्वको कम्युनिस्ट पार्टी अफ युक्रेनले ४ सय ५० सदस्यीय संसद्मा ३२ स्थान पाएको छ ।


बेलायत ः कम्युनिस्ट नै नभए पनि लोकतान्त्रिक समाजवाद मान्ने गेरी एडम्स नेतृत्वको सिन फिनले २०१० मा सम्पन्न निर्वाचनमा ६ सय ५० सदस्यीय सदनमा पा“च, पर्यावरणीय समाजवाद मान्ने नटाल बेनेट नेतृत्वको ग्रीन पार्टी अफ इंग्ल्यान्ड एन्ड वेल्सले एक र लोकतान्त्रिक समाजवाद तथा पर्यावरणीय समाजवाद मान्ने जर्ज ग्यालवे नेतृत्वको रेस्पेक्ट पार्टीले एक स्थान पाएका छन् ।


उरुग्वे ः २००९ मा सम्पन्न निर्वाचनमा माक्र्सवाद–लेनिनवादमा विश्वास गर्ने दुई पार्टी एडुराडो लुरियरको कम्युनिस्ट पार्टी अफ उरुग्वे र लुसिया तोपोलान्स्कीको मुभमेन्ट फर पपुलर पार्टिसिपेसनले ब्रोड फ्रन्ट नाम गठबन्धनबाट निर्वाचन लडेर ९९ सदस्यीय तल्लो सदनमा ५० र ३० सदस्यीय माथिल्लो सदनमा १६ स्थान हासिल गरेका छन् ।


भेनेजुयला ः २०१० मा सम्पन्न निर्वाचनमा एक्काइसौ“ शताब्दीको समाजवादलाई सिद्धान्त बनाएको निकोलस माडुरो नेतृत्वको युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलाले १ सय ६५ सदस्यीय संसद्मा ९७ स्थान पाएको छ भने माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त मान्ने ओस्कार फिगुरा नेतृत्वको कम्युनिस्ट पार्टी अफ भेनेजुयलाले तीन स्थान पाएको छ ।


कहा“–कहा“ ढल्यो समाजवाद ?
बीसौ“ शताब्दी समाजवाद स्थापना र पतन दुवैका लागि विश्व इतिहासमा अविस्मरणीय छ । खासगरी, रुसमा सन् १९१७ मा बोल्सेभिक क्रान्ति सम्पन्न भएपछि त्यसको प्रेरणामा पूर्वी युरोपमा धमाधम क्रान्तिले सफलता पाएको थियो । जसरी रुसी क्रान्तिका कारण जनवादी क्रान्ति गर्न दुनिया“ उद्देलित भएको थियो, त्यसैगरी त्यसको पतनले पनि समाजवादी दुनिया“लाई नराम्रो धक्का दियो । समाजवादी र पु“जीवादी गरी दुई ध्रुवमा विभाजित विश्वको समाजवादी ध्रुवको नेतृत्व गरिरहेको सोभियत सङ्घ भित्रभित्रै मक्किन थालेपछि त्यसको असर अरू मुलुकमा पनि तीव्ररूपमा पर्न थालेको पाइन्छ । कम्युनिस्टहरूले त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिए । त्यस्तो प्रतिक्रान्ति कही“कतै बाहिरी प्रयासबाट अलिअलि भए पनि अधिकांश त स्वयम् कम्युनिस्ट पार्टीभित्रैबाट भएको थियो ।


समाजवाद विघटन भएपछि कतिपय मुलुकमा नया“ रूपमा कम्युनिस्ट पार्टीहरू पुनःगठित भए पनि कतिपय मुलुकमा पूरै कम्युनिस्ट आन्दोलन नै उठ्न नसक्ने अवस्थामा पुग्यो । हिजो शासन गरेका धेरै मुलुकमा आज कम्युनिस्ट पार्टी छ“दै छैनन्, भए पनि अत्यन्त कमजोर अवस्थामा छन्।


कहा“–कहा“ ढलेको थियो त समाजवाद ?


अफगानिस्तान (१९७८–९०) मा पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तानले शासन गरेको थियो । समाजवाद ढलेपछि त्यसले माक्र्सवाद–लेनिनवाद छोडेर आफूलाई सामाजिक जनवादी पार्टीमा रूपान्तरण ग¥यो । अल्बानिया (१९४४–९१)मा पार्टी अफ लेबर अफ अल्बानियाले शासन गरेको थियो भने अङ्गोला (१९७७–९०)मा पपुलर मुभमेन्ट फर द लिबरेसन अफ अङ्गोलाले शासन गरेको थियो । जो पछि माक्र्सवाद–लेनिनवाद छोडेर सामाजिक जनवादी पार्टीमा रूपान्तण भएको थियो ।


बेनिन (१९७५–८९)मा पिपुल्स रिभ्युलसनरी पार्टी अफ बेनिनले क्रान्तिमार्फत शासन गरेको थियो । पछि यसले पनि आफूलाई माक्र्सवाद–लेनिनवादप्रति प्रतिबद्ध राखिरहन सकेन र सामाजिक जनवादी पार्टीमा रूपान्तरण भयो । बुल्गेरिया (१९४४–९०)मा बुल्गेरियन कम्युनिस्ट पार्टी र कम्बोडिया (१९७५–७९)मा कम्युनिस्ट पार्टी अफ कम्पुचिया (खमेर रुज)ले शासन गरेका थिए । रिपब्लिक अफ कङ्गो (१९७०–९०)मा कङ्गोलिज पार्टी अफ लेबरले शासन गरेको थियो । समाजवाद ढलेपछि यसले माक्र्सवाद–लेनिनवाद नै छोड्यो ।


चेकोस्लोभाकिया (१९४८–८९) मा कम्युनिस्ट पार्टी अफ चेकोस्लोभाकिया, इथियोपियामा (१९८४–९०) वर्कर्स पार्टी अफ इथियोपिया, पूर्वी जर्मनी (१९४९–८९)मा सोसलिस्ट युनिटी पार्टी अफ जर्मनी, हङ्गेरीमा (१९४९–८९) हङ्गेरियन सोसलिस्ट पार्टी र मङ्गोलिया (१९२१– ९१)मा मङ्गोलियन पिपुल्स रिभ्युलसनरी पार्टीले शासन गरेका थिए । मङ्गोलियन पार्टीले पछि माक्र्सवाद–लेनिनवाद नै परित्याग ग¥यो र सामाजिक जनवादी पार्टीमा रूपान्तरण भयो । मोजाम्बिक (१९७७–९२)मा शासन गरेको फ्रेलिम्पो पार्टीले पछि माक्र्सवाद–लेनिनवाद परित्याग ग¥यो र सामाजिक जनवादी बन्यो । पोल्यान्ड (१९४५–८९) मा पोलिस वर्कर्स पार्टी÷पोलिस युनाइटेड वर्कर्स पार्टी, रोमानिया (१९४७–८९)मा रोमानियन कम्युनिस्ट पार्टी र सोमालिया (१९७६–९१)मा सोमाली रिभ्युलसनरी सोसलिस्ट पार्टीले शासन गरेका थिए ।

समाजवादीहरूको केन्द्रका रूपमा रहेको सोभियत युनियन (१९१७–९१)मा समाजवाद मात्र विघटन भएन, मुलुक नै १५ टुक्रामा विभाजित भयो । पहिले द रसियन कम्युनिस्ट पार्टी (बोल्सेभिक)का रूपमा परिचित पार्टीले पछि कम्युनिस्ट पार्टी अफ द सोभियत युनियनका रूपमा रूपमा शासन गरेको थियो । दक्षिणी यमन (१९७८–९०)मा यमनी सोसलिस्ट पार्टी र युगोस्लाभिया (१९४३–९०)मा लिग अफ कम्युनिस्ट्स अफ युगोस्लाभियाले शासन गरेका थिए ।


सशस्त्र सङ्घर्षमा कम्युनिस्ट पार्टी कुनै बेला थियो, विश्वको एकतिहाइ भूभागमा सशस्त्र सङ्घर्ष चलिरहेको थियो । बहुराष्ट्रिय कम्पनीले ‘चिसो भनेकै कोकाकोला हो’ भनेर प्रचार गरेझै“ ‘कम्युनिस्ट पार्टी भनेकै सशस्त्र पार्टी हो र यसको काम नै सशस्त्र सङ्घर्ष गर्नु हो’ भन्ने मान्यता थियो । तर, आज एक्काइसौ“ शताब्दीमा आउ“दा त्यस्तो मान्यतामा परिवर्तन आएको छ र अत्यन्त कम भूभागमा मात्र कम्युनिस्ट पार्टीहरू सशस्त्र सङ्घर्षमा छन् । जहा“–जहा“ उनीहरू सङ्घर्षमा छन्, त्यहा“ पनि प्रभाव अत्यन्त न्यून छ । उनीहरूको शक्ति बढ्नुभन्दा घटिरहेको देखिन्छ । विगतमा युद्धमा सहभागी धेरै जसो कम्युनिस्ट पार्टी आज शान्तिपूर्ण राजनीतिमा संलग्न छन् ।


सशस्त्र सङ्घर्षमा रहेका कम्युनिस्ट पार्टीहरूले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद र लेनिनवादलाई कम महŒव दिएर माओवादलाई बढी जोड दिने गरेका छन् । धेरै जसो मुलुकमा त त्यस्ता पार्टीहरूले आफ्नो नामका पछाडि माओवादी शब्द नै राखेका छन् ।
अहिले विश्वका २१ मुलुकमा सशस्त्र सङ्घर्षमा विश्वास राख्ने माओवादी पार्टीहरू अस्तित्वमा छन् । अफगानिस्तान, अर्जेन्टिना, बंगलादेश, बोलिभिया, भुटान, क्यानाडा, अमेरिका, कोलम्बिया, इक्वेडर, भारत, इरान, इटाली, जापान, नेपाल, नर्वे, पेरु, फिलिपिन्स, पोर्चुगल, श्रीलङ्का र टर्कीका त्यस्ता पार्टीमध्ये केही नाम, घोषणापत्र र झन्डामा मात्र सीमित छन् भने केहीले सशस्त्र सङ्घर्ष चलाइरहेका छन् ।


अहिले कम्युनिस्ट पार्टीले चलाइरहेको सशस्त्र सङ्घर्षमध्ये भारतीय सशस्त्र सङ्घर्षलाई सबैभन्दा ठूलो मानिन्छ । सन् १९६७ मा पश्चिम बङ्गालको नक्सलवाडीबाट चारु मजुमदारको नेतृत्वको सुरु भएको सशस्त्र सङ्घर्षकै निरन्तरता स्वरूप अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा सशस्त्र सङ्घर्ष जारी छ । २१ सेप्टेम्बर २००४ मा दुई प्रभावशाली माओवादी पार्टी भाकपा (माले) पिपुल्स वार ग्रुप र माओवादी कम्युनिस्ट केन्द्र भारत (एमसीसीआई)बीच एकता भएर मुप्पाला लक्मणा राव अर्थात् गणपतिको नेतृत्वमा रहेको यस पार्टीले सिङ्गो भारतलाई प्रभावित पारेको छ । सन् २००६ मा तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले यसलाई ‘द सिङ्गल विगेस्ट इन्टरनल सेक्युरिटी च्यालेन्ज’ (सबभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती) भन्नुले पनि यसबाट भारत प्रभावित छ भन्ने बुझ्न सकिन्छ । सन् २०१२ मा गृह मन्त्रालयले एक आ“कडा सार्वजनिक गर्दै ‘लेफ्ट विङ्ग अतिवाद’बाट ८७ जिल्ला प्रभावित रहेको र अरू ८६ जिल्लामा विचारधारात्मक प्रभाव रहेको स्वीकार गरेको थियो । छत्तीसगढ, उडिसा, विहार, झारखण्ड, महाराष्ट्र, पश्चिम बंगाल र आन्ध्रमा माओवादी प्रभाव छ ।


यकिन तथ्याङ्क नभेटिए पनि विभिन्न अनुसन्धान संस्थाहरूका अनुसार लडाकु दस्ताका रूपमा रहेको पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पीएलजीए)का नौदेखि १० हजार स्थायी लडाकु छन् भने ६ हजार ५ सय छापामार छन् । सन् २०१० मा माओवादीका महासचिव गणपतिस“ग अन्तर्वार्ता लिने पत्रकार गौतम नौलखाका अनुसार उनीहरूका १२ कम्पनी र २५ प्लाटुन छन् ।


सन् २०१० मा माओवादी प्रवक्ता आजादले सार्वजनिक गरेको जानकारीअनुसार ४५ सदस्यीय केन्द्रीय कमिटीका २२ जना सदस्यको हत्या भएको छ भने आठजनालाई गिरफ्तार गरिएको छ । अहिले पुनःगठन गरेर केन्द्रीय कमिटीलाई २२ सदस्यीय बनाइएको छ ।
भारतबाहेक टर्कीमा माओवादी कम्युनिस्ट पार्टी (टर्की)ले पनि सशस्त्र सङ्घर्ष चलाइरहेको छ । तर, त्यसको प्रभाव घटिरहेको छ । साथै, फिलिपिन्समा त्यहा“को कम्युनिस्ट पार्टीले सन् ६० को दशकदेखि सुरु गरेको सशस्त्र सङ्घर्ष जारी छ । तर, प्रभावका हिसाबले नगण्य हु“दै गएको छ । कुनै बेला सशस्त्र सङ्घर्षको उत्कर्षतिर पुग्न लागेका बर्मा, मलेसिया, थाइल्यान्डजस्ता मुलुकमा अहिले कम्युनिस्ट पार्टीको अस्तित्व नभएसरह छ भने पेरुमा पनि सशस्त्र सङ्घर्ष छिन्नभिन्न भएको छ । कुनै बेला विश्वका क्रान्तिकारी पार्टीहरूलाई जोड्नका लागि भन्दै गठन गरिएको रिम अहिले अस्तित्वविहीनजस्तै बनेको छ ।


– नवयुग, २०७१ असोज–कात्तिक