चुनावको विकल्प छैन : विष्णु रिजाल


July 12, 2021 4:59 pm

एमालेका नेता विष्णु रिजालले चुनावको विकल्प नभएको बताउनुभएको छ ।
अदालतले नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपनि संसदमा देउवाको बहुमत नपुग्ने उहाँले दाबी गर्नुभएको छ।

सर्वोच्चको फैसलापछी रिजालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकार आउने-जाने नियमित कुरा भएकोले एमालेका लागि मुख्य कुरा पार्टी एकता भएको बताउनुभएको हो।

‘हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन, एमाले नै निर्णायक रहन्छ’,रिजालले लेख्नुभएको छ,‘सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर ! किनकि, चुनावको विकल्प छैन।’

एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आइतबार १० बुदे सहमति गरेको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मकालु पोस्ट: चुनावको विकल्प छैन : विष्णु रिजाल